News Portal

मोटे ग्याङ्ग नेपालसहित सुर्खेतका विभिन्न क्रियाशिल संघसस्थाद्वारा नगरपालिकालाई बुझाए ज्ञापनपत्र

हिमाली संचार संवाददाता
५६० पटक

२०७७ साउन २६, साेमबार
वीरेन्द्रनगर – सुर्खेतमा क्रियाशिल विभिन्न संघसस्थाले बीरेन्द्रनगर नगरपालिकालाई बढ्दो सवारी दुर्घटना र असुरक्षित सडक सुरक्षालाई व्यवस्थित बनाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन।

मोटे ग्याङ्ग नेपालको अगुवाईमा विभिन्न संघसस्थामा आवद्ध युवाहरुले विभिन्न १० बुँदे मागहरु सहितको ज्ञापनपत्र बुझाइएको बताएका छन।

पछिल्लो समय प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा सवारी दुर्घटना, अव्यवस्थित सडक भएको भन्दै यसप्रति आफुहरको गम्भिर ध्यानाकर्षण भएको साँझा अभियान नेपालका संयोजक अनिल ढकालले बताउनुभयो।

उहाँले सडक सुरक्षा सबैको साझा समस्या भएको भन्दै नियमक निकायको फितलो व्यवस्थापनले सडक दुर्घटना तथा अस्तव्यस्त सडक बनेको बताउनुभयो।

सुरक्षीत सडकका लागी साझा अभियान’ नारा सहित युवाहरुले नियमक निकायलाई घचघच्याउन आफुहरु सचेतनामुलक अभियानमा जुटेको बताएका छन।

युवाहरुले ट्राफिक चिन्ह र संकेतहरुको व्यवस्थापनका गर्नुपर्ने, पुश अस्पताल निर्माण, छाडा पशुचौपायाको दिर्घकालिन व्यवस्थापनका लागी छिटो पहल हुनुपर्ने बताएका छन।

यस्तै सडक सुरक्षा गुरुयोजना तत्काल कार्यान्वयन गर्नुपर्ने,बढ्दै गरेको सडक दुर्घटना न्यूनिकरणका लागी तत्काल उपयूक्त कदम चाल्नुपर्ने नगरभित्र अव्यवस्थित पार्कीङ्ले व्यवस्थित गर्नुपर्ने माग गरेका छन।

युवाहरुले कालोपत्रे गरिएका सडकमा भएका खाल्टा खुल्टी पुर्नुपर्ने, अव्यवस्थित रुपमा पालिएका कुकुर, हाँस र कुखुरा जस्ता घरपालुवा जनावरका कारणले दुर्घटना बढेकाले यसको व्यवस्थापनका लागी दिर्घकालिन योजना बनाउनुपर्ने माग गरेका छन।

संयोजक ढकालले आफुहरुले उठाएका विषयमा नगरपालिका साथ नगरपालिकाले चालेका सचेतना अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

युवाहरुले यसको जानकारी सामाजिक विकास मन्त्रालयख, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक र सामुदायिक सुधार संस्थामा पनि गराईएको बताएका छन।

यता कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालले युवाहरुले उठाएका मागहरु जायज भएको भन्दै यसलाई सम्बोधन गर्न आफु लागिपर्ने बताउनुभयो।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...