News Portal

मोटे ग्याङ्ग नेपालसहित सुर्खेतका विभिन्न क्रियाशिल संघसस्थाद्वारा नगरपालिकालाई बुझाए ज्ञापनपत्र

हिमाली संचार संवाददाता
६४२ पटक

२०७७ साउन २६, साेमबार
वीरेन्द्रनगर – सुर्खेतमा क्रियाशिल विभिन्न संघसस्थाले बीरेन्द्रनगर नगरपालिकालाई बढ्दो सवारी दुर्घटना र असुरक्षित सडक सुरक्षालाई व्यवस्थित बनाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन।

मोटे ग्याङ्ग नेपालको अगुवाईमा विभिन्न संघसस्थामा आवद्ध युवाहरुले विभिन्न १० बुँदे मागहरु सहितको ज्ञापनपत्र बुझाइएको बताएका छन।

पछिल्लो समय प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा सवारी दुर्घटना, अव्यवस्थित सडक भएको भन्दै यसप्रति आफुहरको गम्भिर ध्यानाकर्षण भएको साँझा अभियान नेपालका संयोजक अनिल ढकालले बताउनुभयो।

उहाँले सडक सुरक्षा सबैको साझा समस्या भएको भन्दै नियमक निकायको फितलो व्यवस्थापनले सडक दुर्घटना तथा अस्तव्यस्त सडक बनेको बताउनुभयो।

सुरक्षीत सडकका लागी साझा अभियान’ नारा सहित युवाहरुले नियमक निकायलाई घचघच्याउन आफुहरु सचेतनामुलक अभियानमा जुटेको बताएका छन।

युवाहरुले ट्राफिक चिन्ह र संकेतहरुको व्यवस्थापनका गर्नुपर्ने, पुश अस्पताल निर्माण, छाडा पशुचौपायाको दिर्घकालिन व्यवस्थापनका लागी छिटो पहल हुनुपर्ने बताएका छन।

यस्तै सडक सुरक्षा गुरुयोजना तत्काल कार्यान्वयन गर्नुपर्ने,बढ्दै गरेको सडक दुर्घटना न्यूनिकरणका लागी तत्काल उपयूक्त कदम चाल्नुपर्ने नगरभित्र अव्यवस्थित पार्कीङ्ले व्यवस्थित गर्नुपर्ने माग गरेका छन।

युवाहरुले कालोपत्रे गरिएका सडकमा भएका खाल्टा खुल्टी पुर्नुपर्ने, अव्यवस्थित रुपमा पालिएका कुकुर, हाँस र कुखुरा जस्ता घरपालुवा जनावरका कारणले दुर्घटना बढेकाले यसको व्यवस्थापनका लागी दिर्घकालिन योजना बनाउनुपर्ने माग गरेका छन।

संयोजक ढकालले आफुहरुले उठाएका विषयमा नगरपालिका साथ नगरपालिकाले चालेका सचेतना अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

युवाहरुले यसको जानकारी सामाजिक विकास मन्त्रालयख, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक र सामुदायिक सुधार संस्थामा पनि गराईएको बताएका छन।

यता कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालले युवाहरुले उठाएका मागहरु जायज भएको भन्दै यसलाई सम्बोधन गर्न आफु लागिपर्ने बताउनुभयो।

प्रतिकृया दिनुहोस्

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...