News Portal

दाहसंस्कारपछि कोरोना पुष्टि, मलामी खोज्दै प्रहरी

धनुषामा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

हिमाली संचार संवाददाता
४९० पटक
२०७७ साउन २६, सोमवार

काठमाण्डौ। धनुषाको मिथिला बिहारी नगरपालिकाको एक पुरुष  बिरामी भएपछि उपचारका लागि जनकपुर अस्पताल ल्याउने क्रममा साउन २५ गते बाटोमै मृत्यु भयो। मृतकको स्वाब परीक्षण गरेर सोमवार रिपोर्ट आउँदा कोरोना पोजेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।

उनको ‘मृत्युपछि स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ आएको छ,’ प्रजिअ भट्टराईले भने, ‘मृतकको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’को काम शुरू भएको छ।

मृतकको स्वाब दिएपछि आफन्त र गाउँलेले दाहसंस्कार गरेका थिए। ‘कन्ट्याक्ट ट्रेसिङ’का क्रममा प्रहरीले मलामीको खोजी गरिरहेको छ। मृतकको सम्पर्कमा आएका मलामीहरुको स्वाब संकलन गरेर परीक्षण गर्ने प्रहरीले बताएको हो।

आइतबार मृतक जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित विनय तारा फाउन्डेसन क्यान्सर अस्पतालमा सुरक्षा गार्डमा कार्यरत थिए। मृतकका छोराले बताए अनुसार ५ दिनअघि उनी बिदामा गाउँको घर ललिया आएका थिए।

सामान्य ‘झाडापखाला लागेको थियो। श्वास फेर्न समस्या भए पछि मोटरसाइकलमा राखेर उपचारका लागि जनकपुर आउने क्रममा रेल्वे स्टेसन नजिक पुग्दा नै बाबाको मृत्यु भयो। मृत्युपछि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्राविधिकले स्वाब संकलन गरेर दाहसंस्कारका लागि घर पठाएका थिए।

‘भोलि रिजल्ट आउँछ, अब तपाईं आफ्नो बुवाको दाहसंस्कार गर्न सक्नुहुन्छ भनेर प्राविधिकले भन्नुभयो,’ मृतकका छोराले भने, ‘त्यसपछि हिजो आइतवार नै जनकपुरको स्वर्गद्वारीमा लगेर दाहसंस्कार गरेका थियौं। दाहसंस्कार गर्न जादा ८ जना मात्रै मलामी गएका भए पनि शवलाई छुनेदेखि अन्य काम ३ जनाले मात्र गरेका थिए।

बाँकी शव भन्दा टाढा नै रहेका थिए। मृतकका छोराका अनुसार बुवाको दाहसंस्कारपछि हामी आफ्नो घर परिवारका सबै सदस्यहरू आफ्नो घरमा छुट्टै क्वारेन्टीनमा बसेका छौं,’ उनले भने, ‘जतिसक्दो हामीहरूको पनि स्वाब परीक्षण गराइयोस्।’ मृतकमा पहिलेदेखि कुनै पनि स्वास्थ्य समस्या नभएको उनको छोराले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...