News Portal

मकवानपुरमा कोरोना संक्रमित बढेसँगै आवागमनमा रोक

हिमाली संचार संवाददाता
४४१ पटक
शुक्रबार साउन २३ २०७७

मकवानपुर – कोरोना संक्रमितको संख्या बढेसँगै स्थानीय प्रशासनले मकवानपुरमा आउजाउमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन ३२ गतेसम्म मकवानपुरबाट अन्य जिल्ला र अन्य जिल्लाबाट मकवानपुरमा हुने आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।

कोभिड १९ को संक्रमणको जोखिम दिनानुदिन बढिरहेको र संक्रमण समुदायस्तरमा नै फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनकf लागि भन्दै एक जिल्लाबाट अर्को जिल्लामा आउजाउ बन्द गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । उनका अनुसार मकवानपुर जिल्लाभित्र सञ्चालनमा रहेका उद्योग, कलकारखाना, व्यवसाय आदिमा अन्य जिल्लाबाट श्रमिक तथा कामदार ल्याउन पनि साउन ३२ गतेसम्म रोक लगाइएको छ ।

सरकारी र निजी कार्यालय एवम् संघसंस्थामा कार्यरत कर्मचारीहरुको दैनिक रुपमा यस जिल्लाबाट अन्य जिल्लामा र अन्य जिल्लाबाट यस जिल्लामा हुने आवागमनमा समेत साउन मसान्तसम्म रोक लगाउने निर्णय उक्त बैठकले गरेको छ ।

‘हेटौंडा बजारमा मानिसहरुको भिडभाड बढिरहेको छ । बजार क्षेत्रमा स्वास्थ्य तथा सुरक्षाका न्युनतम मापदण्डहरु पूरा भए/नभएको सम्बन्धमा प्रभावकारी अनुगमन गर्ने र न्युनतम मापदण्डहरु पालना नगर्नेलाई तत्काल कारबाही गर्नेमा हामी पुगेका छौं’, प्रमुख जिल्ला अधिकारी नेपालले भने ।

समुदायस्तरमा कोरोना संक्रमणको सम्भावना उच्च देखिएको भन्दै स्वास्थ्यकर्मी परिचालन गरी सामान्य स्वास्थ्य जाँचलाई बढाउन स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...