News Portal

मकवानपुरमा कोरोना संक्रमित बढेसँगै आवागमनमा रोक

हिमाली संचार संवाददाता
५२१ पटक
शुक्रबार साउन २३ २०७७

मकवानपुर – कोरोना संक्रमितको संख्या बढेसँगै स्थानीय प्रशासनले मकवानपुरमा आउजाउमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन ३२ गतेसम्म मकवानपुरबाट अन्य जिल्ला र अन्य जिल्लाबाट मकवानपुरमा हुने आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।

कोभिड १९ को संक्रमणको जोखिम दिनानुदिन बढिरहेको र संक्रमण समुदायस्तरमा नै फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनकf लागि भन्दै एक जिल्लाबाट अर्को जिल्लामा आउजाउ बन्द गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । उनका अनुसार मकवानपुर जिल्लाभित्र सञ्चालनमा रहेका उद्योग, कलकारखाना, व्यवसाय आदिमा अन्य जिल्लाबाट श्रमिक तथा कामदार ल्याउन पनि साउन ३२ गतेसम्म रोक लगाइएको छ ।

सरकारी र निजी कार्यालय एवम् संघसंस्थामा कार्यरत कर्मचारीहरुको दैनिक रुपमा यस जिल्लाबाट अन्य जिल्लामा र अन्य जिल्लाबाट यस जिल्लामा हुने आवागमनमा समेत साउन मसान्तसम्म रोक लगाउने निर्णय उक्त बैठकले गरेको छ ।

‘हेटौंडा बजारमा मानिसहरुको भिडभाड बढिरहेको छ । बजार क्षेत्रमा स्वास्थ्य तथा सुरक्षाका न्युनतम मापदण्डहरु पूरा भए/नभएको सम्बन्धमा प्रभावकारी अनुगमन गर्ने र न्युनतम मापदण्डहरु पालना नगर्नेलाई तत्काल कारबाही गर्नेमा हामी पुगेका छौं’, प्रमुख जिल्ला अधिकारी नेपालले भने ।

समुदायस्तरमा कोरोना संक्रमणको सम्भावना उच्च देखिएको भन्दै स्वास्थ्यकर्मी परिचालन गरी सामान्य स्वास्थ्य जाँचलाई बढाउन स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

 

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...