News Portal

  • समाजसेवी सुदर्शन थापा मगरको जन्मोत्सवमा मकाउका सांसददेखि चर्चित वकिल सम्म

    हिमाली संचार संवाददाता
    २३७ पटक
    २०७७ साउन २३,शुक्रवार

    मकाउ । मकाउमा विगत धेरै लामो समयदेखि व्यावसाय गरिरहेका समाजसेवी सुदर्शन थापा मगरले मकाउमा उनले नेतृत्व गरेका विभिन्न संघ संस्थाका सदस्यहरु सहित मकाउका स्थानीय प्रभुत्व व्याक्तित्वहरुका साथमा आफ्नो ५४ औ जन्मोत्सव मेट्रो पार्क होटल, मकाउमा मनाएका छन् ।

    थापा मगरले आयोजना गरेका एक जन्मोत्सव कार्यक्रममा मकाउका सांसद, वरिष्ठ वकील र स्थानीय व्यावसायी लगायदका सहभागिता रहेको जन्मोत्सव कार्यक्रममा नेपाली समुदायका विभिन्न संघ संस्थाका व्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    समाजसेवी थापा मगर मकाउमा पहिलो पटक गठन भएको मगरसंघ मकाउको संरक्षक, गैरआवासीय नेपाली संघ मकाउमा दुई-दुई पटक अध्यक्ष, हाल अन्तराष्ट्रिय समन्वय परिषद वैदेशिक रोजगार राहतकोष समितिका सदस्य, नेपाली सहयोगी हातहरु, मकाउका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स मकाउका अध्यक्ष र मकाउमा धेरै लामो समयदेखि आफ्नै व्यावसाय संचालन गरेर बसेका थापा मगर समाजसेवी मात्र नभएर मकाउमा रहेका नेपाली समुदायमा विभिन्न अप्ठ्यारा परिस्थितिमा सहयोग गर्दै आएका छन् ।

    यसरी मकाउमा अभिभावकीय महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका थापा मगरले आफ्नो जन्मोत्सवका अवसरमा उपस्थिति भएका सम्पूर्ण महानुभाव प्रति हिमाली संचारसंगको कुराकानी गर्ने क्रममा हार्दिक आभार समेत व्यक्त गरेका छन् ।

    थापा मगरले मकाउमा विभिन्न समस्यामा परेका नेपाली समुदायका लागि सरकारी कामकाजदेखि हरेक आवश्यक परामर्श र सहयोग गर्दै आएका छन् । हाल मकाउमा नेपालीहरु करिब ४ हजार ५ सय भन्दा धेरै श्रमिकहरुले श्रम गर्दै आएका छन् । मकाउका लागि जनरल कन्सुलर हङकङले  हेर्दै आएको छ। थापा मगरलाई हङकङ कन्सुलरका अधिकारी किरण गुरुङ, पुर्व कन्सुलर कमल प्रसाद भट्टराई लगायद नेपालका प्रतिष्ठित व्यक्तित्व लगायद जन्मोत्सवमा सम्झनु हुने सम्पूर्णमा आभार समेत व्याक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    तपाईंको आज असोज १२ गते सोमवारको राशिफल हेर्नूहोस !

    वि.सं. २०७७ असोज १२ गते सोमवार || सन्२०२० सेप्टेम्बर २८ तारीख || नेपाल संवत ११४०...

    नेपाली सहयोगी हातहरु मकाउले आफ्ना सदस्यहरुको सामूहिक जन्मोत्सव यसरी मनायो

    मकाउ – मकाउमा नेपाली सहयोगी हातहरु मकाउले स्थापनाकालदेखि मकाउमा रहेका नेपाली समुदायवीच विभिन्न कार्यक्रम आयोजना...

    घाँसपानी गरेर फर्किएको केही छिनमै गाईभैसी मृत

    सिन्धुपालचोक– बलेफि गाउँपालिका वडा नम्बर ६ जोगिडाँडाका रुद्रप्रसाद पराजुली शुक्रबार बिहान गाई भैसीलाई खोलेपानी र...

    सुनवर्षी नगरपालिकाका अनिललाई एक थान बेड हस्तान्तरण भयाे

    माेरङ –सुनवर्षी नगरपालिका– ३ भेलाईमा बसाेबास गर्दे आएका वेदु ऋषिदेवका १९ बर्षका जेठा छाेरा अनिल...

    मन्त्री नेम्वाङ भन्छन् – बदमास ठेकेदारले बाटो बनाउँदैन, दोषचाहिँ प्रधानमन्त्रीको टाउकोमा ?

    पाँचथर – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले विभिन्न निकायबाट हुने कमजोरीमा समेत सरकारलाई दोषी...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।