News Portal

मुगु पुगेर निःशुल्क स्वास्थ्य सेवा दिदै डा.केसी

हिमाली संचार संवाददाता
४४९ पटक
शुक्रबार साउन २३ २०७७

मुगु – डा.गोविन्द केसी मुगु जिल्ला अस्पताल ठिनी पुगेर बिहीबारदेखि बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिरहेका छन्। उनी जुम्लाको खलंगा बजारबाट हिँडेरै मुगु आइपुगेका हुन्।

केसीले विशेष गरी हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी सेवा दिएका छन्। केसीसँग स्वास्थ्य जाँच गर्न विभिन्न स्थानबाट मानिसहरू पुगेका छन्।‘मलाई घुँडा दुख्ने समस्या थियो, त्यही डा.केसीसँग जाँच गराउन आएँ,’ श्रीनगर गाउँका मोहनकुमार मल्लले भने, ‘हड्डी फ्याक्चर भएको रहेछ।

अस्पतालमा कार्यरत चिकित्सकहरूले पनि केसीसँग हाडजोर्नी उपचारसम्बन्धमा सल्लाह–सुझाव लिएका थिए। डा.केसी आउने खबर पाएपछि हड्डीसम्बन्धी भएकालाई लक्षित गरी सार्वजनिक सूचना जारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख निर्मल नगरकोटीले बताए।

उनका अनुसार केसीले बिहीबार ४७ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन्। केसीले मुगु अस्पतालमै बसेर करिब तीन दिन सेवा दिनेछन्। यसअघि उनले हुम्लाको अदानचुली गाउँपालिका पुगेर करिब डेढ सय स्थानीयको स्वास्थ्य परीक्षण गरेका थिए।

अदानचुलीबाट फेरि बाजुरा, कालिकोट, जुम्ला पुगेर सेवा दिएका थिए। जुम्लाबाट दुई दिन हिँडेर डोल्पाको जगदुल्ला गाउँपालिका पुगेका उनी त्यहाँ शिविर गर्न नपाएपछि चार दिन हिँडेर मुगु आइपुगेका हुन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...