आज : २०२६-०६-०८, सोमबार

नौबिसे–मुग्लिन सडक सञ्चालन

धादिङ – पहिराका कारण अवरुद्ध नौबिसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ ।

सडक खण्डअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङ खानीमा अविरल वर्षासँगै गए राति  ११  बजे पहिरो खस्दा पूर्ण रूपमा सडक अवरुद्ध भएको थियो ।

थप पहिरो नखसे दुईदेखि तीन घण्टाभित्र पहिरो पूर्णरूपमा हटाई  दुईतर्फी यातायात सञ्चालन गरिने उनले बताए ।

सडक अवरुद्ध भएपछि काठमाडौँतर्फ धादिङको चरौदीँ र चितवनतर्फ इच्छाकामना–३ फिस्लिङसम्म सवारी जाम हुन पुगेका थियो ।