News Portal

एनआरएनए मकाउले पठाएको स्वास्थ्य सामाग्री ट्राफिक प्रहरी बग्गी खानालाई सहयोग

हिमाली संचार संवाददाता
५८३ पटक
२०७७ साउन २१, बुधवार

मकाउ । गैरआवसीय नेपाली संघ मकाउले संकलन गरी पठाएको स्वास्थ्य सामाग्री सर्जि माक्स काठमाण्डौ प्रहरी महानगरीय ट्राफिक प्रहरी महासाखा बग्गी खानालाई सहयोग गरेको छ ।

राष्ट्रीय समन्वय परिषद मकाउले सहयोग स्वरुप नेपाल पठाएको ७५ हजार सर्जिकल माक्स मध्ये काठमाण्डौ प्रहरी महानगरीय ट्राफिक प्रहरी महासाखा बग्गी खानालाई १६ हजार सर्जिकल माक्स संधका उपाध्यक्ष सोनाम लामाले बग्गी खाना प्रागणमा पुगेर सहयोग स्वरुप हस्तान्तरण गरेको संधले मकाउलाई जानकारी दिएको मकाउ स्थिति संघका अध्यक्ष पुर्ण बहादुर गुरुङले हिमाली संचारसंगको कुराकानी जानकारी दिएका हुन् । संधले आवश्यकता हेरेर सुरक्षाकर्मीका लागि सहयोग गरेको हो। अन्य स्वास्थ्य सामाग्री आवश्यकता अनुसार सहयोग गर्ने पनि जानकारी दिएका हुन् । 

उक्त स्वास्थ्य सामाग्री मकाउ स्थित नेप्लिज बडी बिल्डिङ एण्ड फिटनेश एसोसिएसन मकाउका अध्यक्ष श्रीजेन बाबा भाई, ब्रदर हुड एसोसिएसन मकाउका अध्यक्ष बम लिम्बु र लाली गुराँस एसोसिएसन हङकङका संयोजक चेतन गुरुङको पहलमा र मकाउका व्यवसायी लेङ चीन तुङले सहयोग स्वरुप दिएको स्वास्थ्य सर्जिकल मास्क गत असार १३ तारिख शनिवार नेपाल पठाएको थियो ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...