News Portal

सुनसरीमा लकडाउन, जिल्लाका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा

सार्वजनिक स्थलका बजार, पसल, यातायातका साधन पूर्णरुपमा बन्द

हिमाली संचार संवाददाता
५०६ पटक
२०७७ साउन २१ बुधवार

दिलीप राई, धरान । सुनसरीमा कोरोना न्यूनीकरण गर्नका लागि समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि जिल्ला सुरक्षा समितिको बैठकले यही साउन २६ गते सम्म सुनसरीका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको सुरक्षा समितिको बैठकले आजदेखि लागु हुनेगरी साउन २६ गते सम्म निषेधित क्षेत्र घोषणा गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

सुनसरीको इटहरी, दुहबी, धरान र इनरुवालगायतका स्थानमा कोरोना संक्रमितको संख्या दैनिक बढेका हुदा सुनसरी जिल्लावासीको विशेष सुरक्षाका लागि निषेधित क्षेत्र घोषणा गरेको जनाइएको छ ।

जिल्लाका निषेधित क्षेत्रका बजार, पसल, यातायातका साधन पूर्णरुपमा बन्द हुने र सर्वसाधारणलाई समेत घरबाट बाहिर हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।

यसअघि सुनसरीका इटहरी, इनरुवा, दुहबी र धरान नगरपालिले गरेको लकडाउनलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेका थिए । यसलाई अझ प्रभावकारी बनाउने गरी पुन निषेधित क्षेत्र धोषणा गर्नु परेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...