News Portal

सुनसरीमा लकडाउन, जिल्लाका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा

सार्वजनिक स्थलका बजार, पसल, यातायातका साधन पूर्णरुपमा बन्द

हिमाली संचार संवाददाता
४०९ पटक
२०७७ साउन २१ बुधवार

दिलीप राई, धरान । सुनसरीमा कोरोना न्यूनीकरण गर्नका लागि समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि जिल्ला सुरक्षा समितिको बैठकले यही साउन २६ गते सम्म सुनसरीका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको सुरक्षा समितिको बैठकले आजदेखि लागु हुनेगरी साउन २६ गते सम्म निषेधित क्षेत्र घोषणा गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

सुनसरीको इटहरी, दुहबी, धरान र इनरुवालगायतका स्थानमा कोरोना संक्रमितको संख्या दैनिक बढेका हुदा सुनसरी जिल्लावासीको विशेष सुरक्षाका लागि निषेधित क्षेत्र घोषणा गरेको जनाइएको छ ।

जिल्लाका निषेधित क्षेत्रका बजार, पसल, यातायातका साधन पूर्णरुपमा बन्द हुने र सर्वसाधारणलाई समेत घरबाट बाहिर हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।

यसअघि सुनसरीका इटहरी, इनरुवा, दुहबी र धरान नगरपालिले गरेको लकडाउनलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेका थिए । यसलाई अझ प्रभावकारी बनाउने गरी पुन निषेधित क्षेत्र धोषणा गर्नु परेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...