News Portal

प्रदेश २ मा १४ जना नेपाली सेनासहित थप ३६ जनामा कोरोना संक्रमण

हिमाली संचार संवाददाता
४९३ पटक

जनकपुर – प्रदेश नम्बर २ मा १४ जना नेपाली सेनासहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा प्रदेश नम्बर २ का विभिन्न जिल्लामा गरी ३६ जनामा संक्रमण पुष्टि भएको हो । ३६ जना थपिएसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ४५ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका प्रकौलीस्थित रणभीम गणमा रहेका १४ जना नेपाली सेनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यसअघि पनि सोही गणमा कार्यरत्त १० जना नेपाली सेनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै महोत्तरीको सम्सी गाउँपालिका घर भइ अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराइरहेका ३२ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

 

त्यस्तै जनकपुरधामको माछापुच्छे« बैंकमा कार्यरत थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । बैंकमा कार्यरत २९ वर्षीया एक महिला, ३०   र ३१ वर्षका २ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । केहीदिन अघि यसै बैंकका १ जना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १, ४ र १५ का २३ देखि ४४ वर्ष उमेरका ५ जना पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । धनुषाकै सबैला नगरपालिका वडा नम्बर ७, धनौजी गाउँपालिका, विदेह नगरपालिका र जनस्वास्थ्य कार्यालयका १ तथा १ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

त्यसैगरी सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ८ का ७, सिरहाका औरही गाउपालिका वडा नम्बर ९ का १ र सर्लाहीका रामनगर गाउँपालिका वडा नम्बर १ का एक जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...