आज : २०२६-०६-०५, शुक्रबार

प्रीयजन राई र बबिना किरातीले ल्याए “सहि हो माया… !” (भिडियो सहित)

काठमाण्डौ । गायक तथा संगीतकार प्रीयजन राई र गायिका बविना किरातीको युगल आवाजमा “सहि हो माया” तीज गीत आज पुर्वेली जुनतारा मार्फत सार्वजनिक गरेका छन् ।

गायक तथा संगीतकार पछिल्लो समय संचार कर्मीको रुपमा समेत आफ्नो पहिचान बनाई रहेका गायक राईले लकडाउनको सदुपयोग गर्दै तीज गीत सार्वजनिक गरेका हुन् । 

गीतकार मिन प्रकाश ओलीले संगीत भरेका यस गीतको एरेन्ज सनम पुरुष राईले गरेका छन् । एक्शन रेकर्डिग स्टुडियो अनाम नगरमा सुवाश राईले रेकर्ड गरेका हुन् भने, एचबिएन किस्मतले मिक्सिंग गरेका म्युजिक भिडियोको तुल्सी बासकोटाले निर्देशन गरेका हुन्। 

कलाकर सुदीप स्माईली र आरुषी मगरको मुख्य अभिनय रहेको यस म्युजिक भिडियोमा कुल बहादुर ओली, इन्द्र आले मगर, गोपाल ज्ञवाली, सुशान्त, कृष्ण श्रेष्ठ, सपना बस्नेत लगायदका अभिनय रहेको म्युजिक भिडियोको कोरियोग्राफी दिपक गुरुङ, नरोत्तम पाण्डेले सम्पादन गरेको म्यजिक भिडियोको छायांकन भने राम कृष्ण चौलागाईले गरेका हुन् । 

भिडियो यहाँ हेर्नुस्