News Portal

जुनी खालिङ राईको “पानी खानु मुलको…!” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
९४६ पटक
२०७७ साउन १९, सोमवार

काठमाण्डौ । पुर्वाञ्चल धनकुटाकी पछिल्लो समय चर्चित गायिका जुनी खालिङ राईले लकडाउनको सदुपयोग गर्दै अर्को पुर्वेली लोकगीत “पानी खानु मुलको” उनकै युटुब च्यानल मार्फत आज सार्वजनिक गरेकी छिन् । 

धनकुटाकी गीतकार जीवन खालिङ राईको शब्द रचना रहेको गीतको संगीत अनुभवी संगीतकार कृष्ण कुमार राईले गरेका छन् । यस गीतको एरेन्ज कृष्ण भक्त राईले नै गरेका हुन् । रेजिना राईको कोरियोग्राफी रहेको म्युजिक भिडियोको कृष्ण कुमार राई र स्वयम् रेजिना राईले अभिनय गरेका छन् । 

पुर्वाञ्चल इटहरीमा रेकर्ड गरिएको गीतको मिक्सिंग भने सेवा रेकर्डिङ अनामनगर काठमाण्डौमा मास्टरिङ मिक्सिंग मुस्कान मुकारुङले गरेका हुन । धनकुटाको तम्मोर दोभान वरीपरीको दृश्यवलोकन देख्न सकिने म्युजिक भिडियो राज बान्तावा राईले छायांकन गरेका हुन् । जस्तो सुकै गीतमा सहजै आवाज दिन सक्ने गायिका जुनी खालिङ राईले गायक सचेत एवाई राई संग यो गीतमा आवाज दिएकी हुन् ।

“कस्तो होला मनको राजा, काफल पाक्दा, कुन्नी को को आउन थाल्यो” जस्ता चर्चित गीतमा आवाज दिएकी मिठो स्वरकी धनी गायिका राईले पछिल्लो समय गीतका लागि समय अनुकूल नहुदा समय मिलाउन समस्या परिरहेको हिमाली संचारसंगको कुराकानीमा बताएकी हुन् ।

भिडियो हेर्नुस्

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...