News Portal

बाँके निकुञ्जमा अख्तियारको छापा, प्रमुखसहित दुई नियन्त्रणमा

हिमाली संचार संवाददाता
५०३ पटक

२०७७ साउन १९, सोमबार
कमल न्यौपाने/नेपालगन्ज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राष्ट्रिय निकुञ्जका दुई जना कर्मचारीलाई रङ्गे हात पक्राउ गरेकोछ।

विशेष सुराकीको आधारमा बुटवल कार्यालयबाट खटि आएका अख्तियारका कर्मचारीले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई नगद ३ लाख ४८ हजार सहित रङ्गेहात पक्राउ गरेको आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए।

उनका अनुसार भट्टराई र रोकायका साथबाट बैङ्कमा जम्मा गरेको पाँच लाखको भौचर पनि बरामद भएको छ। सोमबार दिउँसो पक्राउ परेका भट्टराई र रोकायलाई थप अनुसन्धानका लागि बुटवलस्थित अख्तियारको हिरासतमा राखिएको छ।

अख्तियारले पछिल्लो समय प्रदेश पाँचका विभिन्न जिल्लामा निगरानी बढाएको छ। यसक्रममा दुई साता अघि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनाललाई १६ लाख नगदसहित नियन्त्रणमा लिएको थियो।

गत साता दाङ तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यालाई पनि नियन्त्रणमा लिएको थियो। भेरीका खनाल र तुलसीपुरका उपाध्यायसगैं रुपन्देहीबाट पनि स्थानीय तह, वडाअध्यक्ष र कर्मचारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको सूचना अधिकारी भुसाल बताँउछन्।

यसअघि उच्च सरकारी वकिलको कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादवलाई पनि घुससहित पक्राउ गरेको उनले बताए। नियन्त्रणमा रहेका यी सबैजानालाई यतिबेला अख्तियारको निगरानीमा राखेर अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...