News Portal

उपसचिव सञ्‍जेललाई हातपात गर्ने कर्मचारी बर्खास्त

हिमाली संचार संवाददाता
१०८४ पटक
२०७७ साउन १८, आइतबार

विराटनगर – प्रदेश नं.१ का श्रम तथा रोजगार कार्यालय विराटनगरका उपसचिव प्रेम सञ्‍जेलमाथि हातपात गर्ने दुइ महिला कर्मचारी बर्खास्त भएका छन्। शनिबार बिहान कार्यकक्षमै श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्‍जेलमाथि दुई जना महिला कर्मचारीले हातपात गरेका थिए।

करारमा काम गर्दै आइरहेका नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालालाई सञ्‍जेलले बर्खास्त गरेका हुन्।उनीहरुले बिदाको दिन पनि काममा बोलाएको भन्दै सञ्‍जेलमाथि कुटपिट गरेका थिए।

करारका कर्मचारी उनीहरुलाई प्रहरीले पक्राउ गरेर कारवाही अघि बढाएको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताएका छन्।

उपसचिव संजेल कार्यकक्षमा कुटपिट गर्ने करारका दुई महिला कर्मचारीलाई जागिरबाट बर्खास्त गरेका छन्। बर्खास्त भएका दुई कर्मचारीलाई मोरङ प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दामा ५ दिन म्याद थप गरेर थुनामा राखी अनुसन्धान गरिरहेको छ। 

घटनामा मिलापत्र गर्न सञ्‍जेलले अस्वीकार गरेपछि उनीहरुमाथि मुद्दा चल्ने भएको छ। शनिबार साँझ दुवै पक्षबीच मोरङ प्रहरी कार्यालयमा छलफल भएको थियो। उपसचिव सञ्जेलले आफूमाथि कुटपिट गर्नेलाई कानूनी कारवाही हुनुपर्ने अडान राखेपछि प्रहरीले मुद्दा अगाडि बढाएको हो।

मोरङ प्रहरीका प्रमुख एसपी खड्काले पक्राउ परेका दुवैलाई अभद्र मुद्दामा म्याद थप गरि अनुसन्धान थालिएको बताएका छन्। सञ्‍जेललाई कुटपिट गर्ने दुवै महिला कर्मचारी करारमा नियुक्त कार्यालय सहयोगी थिए।

सहन नसक्ने गरि सञ्‍जेलले अपशब्द बोलेर दुर्व्यवहार गरेको, धेरै काममा लगाउने र जिम्मा नभएको सामानको सुरक्षामाथि प्रश्‍न उठाएको आरोपसहित उनीहरुले कुटपिट गरेका थिए। 

कार्यालयमा रहेका पेपरवेट, नेम प्लेट र पञ्‍चिङ मेशिनले हानेका थिए। दुई महिलाको कुटपिटबाट सञ्‍जेलको निधार, ओठ र हातमा सामान्य चोट लागेको थियो। कुटिएका उपसचिव सञ्‍जेलले भ्रष्ट र कमिसनखोरको निर्देशनमा ती महिलाले आक्रमण गरेको दाबी गरेका छन्। 

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...