News Portal

बुटवल तानसेन सडक भासियो, ठूला सवारी साधन सञ्चालनमा अवरोध

हिमाली संचार संवाददाता
५३७ पटक

लक्ष्मण पोखरेल
बुटवल – पटकपटक पहिरोले अवरुद्ध भइरहने सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक भासिएको छ। पहाडी जिल्लालाई तराईसँग जोड्ने सडक ठाउँठाउँमा भासिएपछि ठूला सवारीसाधन सञ्चालनमा अवरोध भएको छ।

पाल्पाको तिनाउ गाउँपालिका क्षेत्रका चार स्थान र दोभानमा रहेको प्रहरी चौकी नजिकै सडक भासिएको हो। ५० मिटरभन्दा धेरै सडक भासिएपछि ठूला सवारी सञ्चालन गर्न समस्या भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।

‘दोभानको प्रहरी चौकी नजिकै सडक भासिएको छ’, उनले भने,‘ठूला साधन सञ्चालनमा सावधानी अपनाउनुपर्छ।’ एक लेन भासिएपछि सडक जोखिमपूर्ण बनेको हो।

यो राजमार्गको झुम्सा, दोभान र गौडेपुलमा पनि सडक भासिएको छ। सय मिटरजति सडक भासिएको बताउँदै दोभानका स्थानीय शिक्षक विष्णु पाण्डेले भने, ‘गाडी एक लेनमा मात्रै चलाउन मिल्छ, दिनदिनै सडक भासिदै गएकाले पूरै लेन भत्किने जोखिम बढेको छ।

प्रदेश ५ का पहाडी क्षेत्रमा केही दिनदेखि लगातार पानी परिरहेको छ। बाढीको जोखिम नभए पनि पहिरोले भौतिक पूर्वाधारसहित धनजनको क्षति गरेको छ। यसपटकको वर्षा सुरु भएपछि सिद्धार्थ राजमार्ग २५ पटक अवरुद्ध भएको छ।

एकै परिवारका ४ को निधन !

लगातारको वर्षासँगै माथिबाट खसेको पहिरोले गुल्मी रुरु आटिपाटाकी विष्णु माझीको परिवारै सकियो।

शुक्रबार साँझपख उनी तीन छोराछोरीलाई अगेनाको छेउमा राखेर खाना पकाउँदै थिइन्। १० महिनाकी छोरी काखमा लिएर दूध चुसाइ रहेको बेला माथिबाट ढुंगा बज्रियो।

छोराहरू ९ वर्षीय सागर, ७ वर्षीय हेमन्त र १० महिने छोरी विनितासँगै माझी र विष्णुको एकै ठाउँमा निधन भयो। श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन्।

माझीले छोरीलाई दूध खुवाइरहेको अवस्थामै शव निकालिएको स्थानीय मेघराज गिरीले जानकारी दिए। घरमाथि ठूलो ढुंगा आएर सबैलाई च्यापेको थियो।

दुई महिनामा ४३ जनाको मृत्यु !

जेठयता प्रदेश ५ मा विपद्का घटनामा परेर ४३ जनाको मृत्यु भएको छ। दुई जना पहिरोमा बेपत्ता भएका छन्।

प्रदेश प्रहरी कार्यालय दाङका अनुसार बाढी, पहिरो, चट्याङमा परेर ३६ जना घाइते भएका छन्। पहाडी जिल्लामा यो वर्ष पहिरोका घटना निकै बढेका छन्।

गुल्मी र पाल्पामा पहिरोबाट धेरैको मृत्यु भएको छ। पहिरोमा १२ जना बालबालिकाको ज्यान पनि गुमेको छ।

७५ दिनको अवधिमा चार करोड ४१ लाखभन्दा धेरैको क्षति भएको प्रहरीको अनुमान छ। विपद् न्यूनीकरणका लागि पूर्वतयारी नगर्दा धनजनको क्षति बढेको प्रदेश ५ की सांसद तारा जिसी बताउँछिन्।

‘बस्ती पहिरोको जोखिममा छ भन्दाभन्दै सुरक्षित स्थानमा सारिदैन’, उनले भनिन्, बर्खामा पहिरोले बगाउँछ। अनि गोहीका आँसु झार्ने काम हुन्छ। सांसदहरूले प्रदेशसभाको बैठकमा विपद् विषयमा ध्यानाकर्षण गराएका छन्।

विपद् व्यवस्थापनमा स्थानीय तहको जिम्मेवारी बढ्ने भए पनि स्थानीय तहमा विपद् पूर्वतयारीका लागि कुनै योजना बनाइएको छैन। विपद्पछि राहत बढ्ने शीर्षकमा मात्रै बजेट राखिएको छ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...