News Portal

टोकियोमा कोरोना सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थाल्यो

हिमाली संचार संवाददाता
३४५ पटक
शनिबार १७ २०७७

एजेन्सी –  टोकियोमा शनिबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा सामान्य वृद्धि हुन थालेपछि नियन्त्रणका लागि सरकारले अनावश्यक हिँडडुल नगर्न शहरवासीहरूलाई आग्रह गरेको छ । शनिबार टोकियोमा मात्र ४७२ जनामा सङ्क्रमण पुष्टि भएको क्योदो न्यूज एजेन्सीले स्वास्थ अधिकारीहरूलाई उद्धृत गरी लेखेको छ ।

जापानी  सञ्चारमाध्यमहरूका अनुसार राजधानी टोकियोमा सङ्क्रमितको सङ्ख्यामा दैनिक सामान्य वृद्धि हुन थालेको छ । टोकियोमा अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि देखिएको छ । टोकियोमा बिहीबार सङ्क्रमितको सङ्ख्या ३६७ रहेको थियो भने शुक्रबार सङ्क्रमितको सङ्ख्या ४६३ पुगेको थियो ।

अहिलेसम्म जापानमा कोभिड–१९ बाट कूल सङ्क्रमितको सङ्ख्या ३४ हजार ३७२ पुगेको छ भने एक हजार छ सङ्क्रमितको मृत्यु भइसकेको छ । टोकियोमा सङ्क्रमितको सङ्ख्या १२ हजार ६९१ पुगेको छ भने ३३२ को मृत्यु भएको छ । टोकियोमा सङ्क्रमण देखिएपछि अहिलेसम्ममा झण्डै ५० प्रतिशत व्यक्ति जुलाई महिनामा मात्रै सङ्क्रमित भएका जापानको स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ ।

टोकियो र आसपासका क्षेत्रमा अनावश्यक रूपमा घरबाट ननिस्कन र बार तथा रेष्टुरेन्टमा नजान सरकारले आग्रह गरेको छ । यद्यपि सरकारले नियन्त्रणका लागि पहिले गरेजस्तो स्वास्थ्य सङ्कटकालीन अवस्थाको घोषणा तत्काल गरिहाल्ने सम्भावना नरहेको अधिकारीहरूले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस्

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...