News Portal

  • विज्ञान प्रविधिले मानव श्रमको मूल्य शुन्य पार्दै !

    प्रदीप सुनुवार
    १३६७ पटक
    २०७७ साउन १७, शनिवार

    विश्व संसार जगतलाई आज विज्ञान प्रविधिको माध्यमले यति नजीकबाट जोडिदिएको छ। यदि यी वस्तुको यो तहमा विकास नहुने हो भने वर्तमान मानव समाज कस्तो हुन्थ्यो होला हामीले कल्पना पनि गरेका छैनौं। आजको यो अवस्थामा आइपुग्नुमा मुख्यत मानव जातिले निरन्तर प्रकृति सितको संघर्ष नै हो। आजको जति उपलब्धिहरु छन ती सबै प्रकृतिमा भएको वस्तुको उत्खनन र प्रयोग हो। हामी प्रकृति एउटा उपज हौ र हामीले जे जति सोध,खोज गर्छौ त्यो पनि यहि प्रकृति भित्र नै गर्नै हो।

    आज भन्दा लगभग ७० हजार वर्ष पहिले बादरबाट मानव बन्ने प्रक्रिया सुरु भएको थियो। यहि प्रक्रिया अन्तर्गत मानव सामजको पनि प्रारम्भिक विकास सुरुवात भयो। त्यो युग लाई आदिम साम्यवादि युग वा गोत्र समाज भनिन्थ्यो र त्यस समयमा मानव सम्पुर्ण रूपमा प्रकृतिमा निर्भर थिए। त्यसैले पनि त्यो समयमा मानव श्रमले मुख्य भुमिका लिएको थिएन। जब गोत्र समाजबाट कविला समाजसम्म आइपुग्दा मानव श्रम मुख्य भुमिकाको रूपमा अगाडि आएको थियो।

    यो मानव श्रम समाजमा प्रमुख भए पश्चात् दास व्यवस्था को उत्पत्ति हुन पुग्यो। यसैगरी मानव श्रमको विकास हुँदै गयो। मानव जातिले यहि श्रमको भरपुर प्रयोगबाट नै आजको आधार निर्माण गर्न सफल भएको हो। दास व्यवस्थामा मानव श्रम उत्पादक शक्ति को रूपमा थियो। त्यसपछि मानव श्रमको स्थानमा जमिन मुख्य हुन पुगेपछि सामन्तवादको सुरुवात भएको थियो।

    “यहि मानव श्रमको विभाजनको कारण एउटा वर्ग श्रमिक र अर्को वर्ग मालिक भएको छ। त्यसैले यी दुई वर्ग बिच संर्घष हुदै आएको छ।आदिम साम्यवाद पछि सुरुवात भएको वर्गीय समाज को आज सम्म पनि अन्त्य हुन सकेको छैन।”

    कुनै समय उत्पादक शक्तिको रूपमा रहेको मानव श्रमको उपयोगिता घट्टदै गएको छ। १७६० देखि १८३० सम्म धेरै मुलुकहरुमा औधोगिक क्रान्ति भयो। यो क्रान्ति पछि मानव श्रम विस्थापित हुने क्रम सुरुवात हुन पुग्यो। प्रारम्भिक चरणमा प्रत्येक्ष मानव श्रम हुँदै औजार विकास गर्दै यन्त्रको विकास हुन पुग्यो। मानव श्रमको स्थानमा औजार र यन्त्रको प्रयोग हुनथाल्यो। १९ शौ शताब्दी तिर यान्त्रिक विकास भैसकेको थियो तर, पनि त्यो समयको यन्त्र संचालन गर्न धेरै मानव श्रम आवश्यक पर्थ्यो। 

    दास व्यवस्थाको उत्पादक शक्तिको रूपमा रहेको मानव श्रमको भुमिका फेरिएको थियो। १९ औ शताब्दी तिर न्युटन को यान्त्रिक सिद्धान्तले समाजमा ठुलो परिवर्तन ल्याउन सफल भयो। यो शताब्दीलाई वैज्ञानिक क्रान्तिको युग पनि मानिन्छ किनकि यो समय धेरै आविष्कार भएको थियो। आजको युग यहि सिद्धान्तको आधारमा रहेर नयाँनयाँ सिद्धान्तको आविष्कार भैरहेको छ। यांत्रिक सिद्धान्तको विकासपछि मानव जनजीवनलाई धेरै हदसम्म सहज पारिदिएको छ। 

    आजको शताब्दीमा आइपुग्दा विज्ञान प्राविधिले धेरै फड्को मारेको छ। यहीँ विज्ञान प्राविधिले ल्याएको परिवर्तनको कारण पनि मानव श्रम विस्थापित भएको छ।किनभने कुनै समय एउटा इन्जिन चलाउन हजारौं मजदुर आवश्यक हुन्थ्यो तर आज एक जना व्यक्तिले बटम दबाएको भरमा धेरै मेसिन चलाउन सक्ने स्थिति विकास भएको छ। हिजो मानवले गर्ने धेरै कामकाज आज प्रविधिको विकास पछि छिटोछरितो गुणात्मक रूपमा विभिन्न उपकरणले गर्ने हुँदा पनि त्यसले मानव श्रमलाई विस्थापित गरेको छ।

    विज्ञान प्राविधिको विकासले समाजको हरेक क्षेत्रमा सहयोग पुगेको छ। यो सकारात्मक पक्ष पनि हो तर, हिजो देखि यो समाज मानव श्रममा आधारित रहेको जीवन शैली अब कसरी चलाउने भन्ने प्रश्नले तरङ्ग पैदा अवश्य पनि हुन्छ। वर्तमान परिवेशलाई हेर्दा भौतिक श्रमको माग अब खासै देखिदैन। आजभोलि बौद्धिक श्रमको मात्रै मुल्य मान्यता रहेको देखिन्छ।

    यो पनि केही समय पश्चात् विस्थापित हुने क्रममा नै छ। किनभने भौतिक श्रमको स्थान मेसिनले लिएको छ र नयाँ प्रविधिहरुले मानिसले गर्ने मानसिक श्रमको स्थान पनि लिइरहेका छ। हिजो कुनै समय हजारौं मानव श्रम लाग्ने जमिन आज मेसिनले एक घन्टामै त्यो काम सकिदिन्छ। तपाई हामी बोल्दै गरेको मोबाइलको आवाजलाई प्रती सेकेन्ड ३,००,००० किलोमीटरका दरले गतिमा हिडद्छ।  

    आज किर्तिम मानवको पनि आविष्कार भैसकेको अवस्था छ। त्यसकारण अब के प्राकृतिक मानवको अस्तित्व नै नरहने हो भन्ने प्रश्न पनि नउठेको हैन। विज्ञान प्राविधिले गर्दा उत्पादन पनि प्रचुर मात्रामा भएको छ। हाम्रो कल्पना भन्दा परको कुरा आज सम्पन्न भएको छ।

    आदिम साम्यवाद पछि सुरु भएको वर्गीय समाजले वास्तविक सार बदल्न सकेन। अहिले पनि रुप बदलिएको छ सार उहिनै रहेको छ। कुनै समयमा उत्पादक शक्तिमा मुख्य बनेको मानव श्रम सहायक भुमिका निर्वाह गर्दै आज यसको उपयोगिता न्यून भएको छ। 

    वर्तमान परिवेश विज्ञान प्राविधिको युग मानिएको छ। कुनै पनि वस्तुको उत्पत्तिसंगै विकास र विनाश जोडिएर आएको हुन्छ। त्यसैले विज्ञान प्राविधि अहिले चरम विकासको क्रममा रहेको छ। यसैको प्रयोग गरेर सिमित व्यक्तिले विश्वको एउटा कुनामा रहेर संसार भरी आफ्नो साम्राज्य निर्माण गरिरहेका छन। 

    संसार भरका पुजीवादी मुलुकहरु पनि यहि विज्ञान प्राविधि उपयोग गर्दै विभिन्न परमाणु हतियारको विकास गरेर एकले अर्को लाई नियन्त्रण गर्ने कोसिसमा देखिन्छ। यो विकास भएको विज्ञान प्राविधि पनि केही व्यक्तिको निजि स्वामित्वको रूपमा रहेको छ। यसको उपयोग आम जनतताको पहुँचसम्म पुग्न सकेको छैन। यसको स्वामित्वको विषय धेरै पर कुरा भयो।

    प्रकृतिमा रहेको श्रोत साधनलाई प्रयोग गरि आर्जन गरेको वस्तुलाई निजि स्वामित्वको रूपमा लिएको छ। आजको सामाजिक परिवेशमा मानिसले आफुलाई भन्दा पनि प्राविधिमा बढी विश्वास गरेको देखिन्छ। अहिलेको यो समाज प्रविधिमा निर्भर भएको छ। 

    विज्ञान प्राविधिको माध्यमबाट आज संसार द्रुत गतिमा हिड्को अवस्था देखिन्छ। यो गतिविधिबाट के बुझ्न जरुरी छ भने अब मानवको भौतिक र मानसिक श्रमको स्थानमा विज्ञान प्राविधिले काम गर्ने र यो विज्ञान प्राविधि पनि निजि स्वामित्व रहने। यसो हुँदा आम मानिसहरूको बाँच्ने आधार के हुन्छ भन्ने यो एउटा गम्भीर प्रश्न रहेको छ।  

    प्रदीप सुनुवार, काठमाण्डौ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै...

    ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

    ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले...

    प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

    काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र...

    तोकिएको समयमा निर्वाचन गर्न दलहरूको साझा सहमति आवश्यक : प्रचण्ड

    काठमाडौं, मंसिर १ — आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूको एकमत आवश्यक रहेको...

    राष्ट्रिय परिचयपत्रमार्फत मतदाता दर्तामा बढ्दो रुचि, तीन लाखभन्दा धेरैले बायोमेट्रिक दर्ता

    काठमाडौं, मंसिर १ – राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता नामावली दर्ता गर्ने संख्या तीव्र रूपमा...