News Portal

यौन सम्पर्क कम गर्ने महिलाको महिनावारी चाँडै रोकिने, रोगको पनि खतरा

हिमाली संचार संवाददाता
७३८ पटक

२०७७ साउन १७, शनिबार
काठमाडौं – धेरै कम यौन सम्पर्क गर्नेहरुको चाँडै महिनावारी रोकिने एक अध्ययनले पत्ता लागेको छ। अनुसन्धानकर्ताले सप्ताहमा एकपटक यौन सम्पर्क गर्नेहरु भन्दा महिनामा एकपटक यौन सम्पर्क गर्नेहरु २८ प्रतिशतले चाँडै महिनावारी रोकिएको पत्ता लगाएका हुन्।

यौन सम्पर्कका कारणले शारीरिक रुपमा गर्भवती हुने अंगहरु क्रियाशिल भइरहने भएकाले महिनावारी रोकिंदैन। जब कि अर्धवैंशे उमेरका महिलाले शारीरिक सम्पर्क गर्न छोडेपछि महिनावारी हुने दर घट्छ।

बेलायतको लन्डनस्थित युनिभर्सिटी कलेजका मानवशास्त्री मेगान आर्नोटका अनुसार यदि तपाईंले बच्चा नपाउने भएपछि डिम्बाशयबाट डिम्बा निसेचन हुन छोड्छ, त्यो शक्तिलाई अन्यत्रै सञ्चय गर्नको लागि महिनावारी रोकिन्छ।

डिम्बासयबाट डिम्ब निष्कासन हुने अवस्थामा रोग प्रतिरोधात्मक शक्ति कम हुने भएकाले रोग लाग्ने जोखिम अत्याधिक हुने बताउँछन्। यदि गर्भाधारण नगर्ने भएपछि शारीरिक सम्पर्क कम हुँदै जाने भएकाले शरीरले डिम्बा निष्काशनको लागि शक्ति खर्च गर्न छोड्छ।

सन् १९९६ देखि अमेरिकाभर शुरु भएको अर्धवैंशे महिला स्वास्थ्यमा आधारित रहेको तथ्यांकलाई अनुसन्धान गर्दा यस्तो पत्ता लागेको हो। अनुसन्धानमा ४५ वर्षीया करिब ३ हजार महिलालाई लक्षित गरिएको सीएनएनले जनाएको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...