News Portal

पूर्व लडाकुलाई कांग्रेस नेताले दिए उपचार खर्च

हिमाली संचार संवाददाता
८४० पटक

२०७७ साउन १७, शनिबार
सिन्धुपाल्चोक – सशस्त्र द्वन्द्वमा बन्दुकको छर्रा लागेर गम्भीर बिरामी भएका सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ सुनखानीका माओवादीका पुर्वलडाकुलाई उपचारका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आर्थिक सहयोग गरेका छन्।

युद्धका क्रममा बन्दुकको छर्रा मुखमा लागेपछि घाइते भएका पूर्वलडाकु नैनबहादुर तामाङको त्यही घाउ बल्झिएर क्यान्सर भएपछि आर्थिक अभावमा उपचार गर्न समस्यामा थिए।

सञ्चार माध्यम र सामाजिक सञ्जालमा क्यान्सर रोगबाट पीडित भएपनि उपचारका लागि राज्यले बेवास्त गरेको खबर सार्वजनिक भएपछि पूर्व सञ्चारमन्त्रीसमेत रहेका बस्नेतले पूर्व लडाकु तामाङलाई उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरेका हुन्।

२०६० सालमा भोजपुरमा रहेको नेपाल टेलिकमको रिपीटर टावरमा तैनाथ तत्कालीन शाही नेपाली सेनामाथि आक्रमणको बेला तामाङको मुखमा छर्रा लागेको थियो।

माओवादीमा नै कार्यरत स्वास्थ्यकर्मीहरुले त्यतिबेला सामान्य उपचारपछि उनी ठिक भएपनि त्यही घाउ बल्झिदै जाँदा क्यान्सर भएको तामाङको आफन्तले बताएका छन्।

क्यान्सर लागेर थलीएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापालगायतका नेकपाका नेताहरुसँग आर्थिक सहयोगका लागि आग्रह गरेपनि कतैबाट पनि सहयोग नपाएको खबर सञ्चार माध्यममा आएपछि उपचारमा केही सहयोग पुगोस् भन्ने उदेश्यले सहयोग गरेको कांग्रेस नेता बस्नेतले जानकारी दिए।

पूर्व लडाकु तामाङ भक्तपुरमा रहेको भाइको घरमा डेरामा बस्दै आएका छन्। बस्नेतसहित कांग्रेसका अन्य नेता तथा सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी (विनोद) सहितका नेता एवम जनप्रतिनिधिहरुले तामाङलाई उपचार खर्चबापतको रकम हस्तान्तरण गरेका थिए।

सुनकोशी गाउँपालिकाले पनि यसअघि नै तामाङलाई उपचारका लागि ५० हजार सहयोग गरेको थियो।

राजनीतिक हिसाबले फरक पार्टीको भएपनि उच्च राजनीतिक संस्कारको सुरुवात गर्दे आफुले उपचारका लागि पुर्व लडाकु तामाङलाई सहयोग गरेको पुर्वमन्त्री बस्नेतले बताए।

राजनीति चुनावको बेलामा हुन्छ, यस्तो विपत्तमा हामी सबै राजनीतिक नेताहरुले सहयोग गर्नुपर्छ’, बस्नेतले भने।

सामाजिक विकास मन्त्रीले दिए एक महिनाको पारिश्रमिक !

बागमती प्रदेशका सामजिक विकास मन्त्री युवराज दुलालले पनि पूर्वसहकर्मी तामाङको उपचारको लागि आफुले पाउने एक महिनाको पारिश्रमिक सहयोग दिने घोषणा गरेका छन्।

क्यान्सर रोगसँग जुधिरहेका तामाङलाई अस्पतालमा भेट गर्दै उनलाई सहयोग गर्ने घोषणा गर्दै उनको उपचारमा राज्यको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

युवा विद्यार्थीले पनि दिए सहयोग !

नेकपा निकट युवा तथा विद्यार्थी संगठन सिन्धुपाल्चोकले पनि पूर्व लडाकु तामाङको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन्।

युवा र विद्यार्थीहरुले संकलन गरेको १ लाख २४ हजार ६ सय रुपैयाँ तामाङलाई हस्तान्तरण गरिएको थियो। नेकपाका युवा नेता सरल सहयात्रीले तामाङलाई सहयोग रकम हस्तान्तरण गरेका थिए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...