News Portal

सुनसरीमा ४१ जनाको रिपोर्ट नेगेटिभ, लकडाउन विषयमा आज बैठक बस्ने

हिमाली संचार संवाददाता
५६२ पटक

२०७७ साउन १२, मंगलबार
दिलीप राई/धरान – सुनसरीको सदरमुकाम इनरुवाका ४१ जना सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। आइतबार कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरू ४१ जनाको स्वाब लिइएको थियो।

४१ जना सबैको रिपोर्ट कोरोना नभएको आएकोले अव इनरुवाको लकडाउन के गर्ने भन्ने बारेमा निर्णय गर्न अहिले साँझ ५ बजे पुनः बैठक बसेर निर्णय गरिने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले बताए।

एक जना प्रहरीमा कोरोना संक्रमण भएको र उनका कारण समुदायमा कोरोना फैलिएको हुन सक्ने भन्दै ४ दिन देखि इनरुवामा जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशनमा उद्योग वाणिज्य संघ इनरुवा र इनरुवा नगरपालिका लगायत जनप्रतिनिधिहरूको संयुक्त बैठकले लकडाउन गर्ने निर्णय गरेको थियो।

इनरुवामा आज बस्ने बैठकले लकडाउन खुल्ला गर्ने निर्णय गरे पनि अरू समय जस्तो लकडाउन इनरुवामा नखोलिने प्रमुख मेहेताले बताए।

प्रहरीले निर्णयको कार्यान्वयनमा चासो बढाउँदै थप प्रहरी परिचालन गर्ने इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...