News Portal

सुनसरीमा ४१ जनाको रिपोर्ट नेगेटिभ, लकडाउन विषयमा आज बैठक बस्ने

हिमाली संचार संवाददाता
४७५ पटक

२०७७ साउन १२, मंगलबार
दिलीप राई/धरान – सुनसरीको सदरमुकाम इनरुवाका ४१ जना सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। आइतबार कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरू ४१ जनाको स्वाब लिइएको थियो।

४१ जना सबैको रिपोर्ट कोरोना नभएको आएकोले अव इनरुवाको लकडाउन के गर्ने भन्ने बारेमा निर्णय गर्न अहिले साँझ ५ बजे पुनः बैठक बसेर निर्णय गरिने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले बताए।

एक जना प्रहरीमा कोरोना संक्रमण भएको र उनका कारण समुदायमा कोरोना फैलिएको हुन सक्ने भन्दै ४ दिन देखि इनरुवामा जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशनमा उद्योग वाणिज्य संघ इनरुवा र इनरुवा नगरपालिका लगायत जनप्रतिनिधिहरूको संयुक्त बैठकले लकडाउन गर्ने निर्णय गरेको थियो।

इनरुवामा आज बस्ने बैठकले लकडाउन खुल्ला गर्ने निर्णय गरे पनि अरू समय जस्तो लकडाउन इनरुवामा नखोलिने प्रमुख मेहेताले बताए।

प्रहरीले निर्णयको कार्यान्वयनमा चासो बढाउँदै थप प्रहरी परिचालन गर्ने इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...