News Portal

हङकङमा आज थप १३३ जनामा कोरोना संक्रमित, २ जनाको मृत्यु

हिमाली संचार संवाददाता
५६६ पटक
२०७७ साउन १०, शनिवार

युवा राई, हङकङ । हङकङमा शनिवार थप १३३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा १२६ स्थानीय र ७ जना आयातित गरी जम्मा १३३ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन् । यससंगै हङकङमा आज कोरोना संक्रमितको संख्या २,५०६ पुगेको छ।

शनिवार कोरोना संक्रमणबाट हङकङमा दुई जनाको मृत्यु भएको छ। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ। पामेला यूड नेथर्सोल इस्टर्न अस्पतालमा उपचारको क्रममा ८४ वर्षीय पुरुषको मृत्यु भएको पनि अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन्। उनको विहान करीव ४ बजे निधन भएको जनाइएको छ।

यस्तै, आजै दिउसो अर्को एक ६० वर्षीय पुरुषको एलिजाबेथ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई हृदयघातका कारण शुक्रवार उनलाई अस्पताल भर्ना गरिएको थियो। तर उनमा कोरोना संक्रमणको पुष्टि भएको अस्पतालले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...