News Portal

अनिच्छित गर्भबाट बच्न यौनको ४ तरिका

हिमाली संचार संवाददाता
९२० पटक

काठमाडौं – सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको रहर पुगिसकेको अवस्थामा ‘गर्भ रहनु’ टाउको दुखाईको विषय बन्छ। किनभने अनायसै रहने यस्ता गर्भलाई राख्ने कि तुहाउने भन्ने कुराले दम्पतीलाई द्विविधामा पार्ने गर्छ।

गर्भ रहेपछि दुईवटा विकल्प रहन्छ, गर्भ तुहाउने वा सन्तान जन्माउने। सन्तानको योजना नबनाएको अवस्थामा दुबै काम झन्झटिलो हुन्छ। गर्भपतन गराउँदा खर्च लाग्छ, स्वास्थ्यलाई उत्तिकै हानी गर्छ। यसले शारीरिक तथा मानसिक रुपमा सताउँछ।

दम्पतीबीच नियमित रुपमा शारीरिक सम्बन्ध हुनुपर्छ। यसले उनीहरुलाई शारी’रिक तथा भाव’नात्मक रुपमा नजिक ल्याउँछ। यदि दम्पतीबीच शारीरिक सम्बन्ध हुँदैन भने उनीहरुमा केही भावनात्मक सम’स्या देखापर्न सक्छ। भ्रम र अविश्वास पैदा हुनसक्छ। भ्रम र अविश्वासले दाम्पत्य सम्बन्धलाई सधै धरापमा पार्छ।

त्यसो भए के गर्ने त ?

यौन सम्बन्ध राख्नुपर्छ, यो प्राकृतिक आवश्यक्ता पनि हो। यौन सम्बन्धका क्रममा केही सावधानी अपनाइयो भने अनिच्छित गर्भ रहनबाट बच्न सकिन्छ।

बडी क्यालेन्डरको सहयोग !

यो तरिका धेरै पुरानो हो। यसमा शरीरको थर्मामीटर, क्यालेन्डर र औंलाको सहायताले आफ्नो सर्वाइकल फ्लूइडको जाँच गर्न सकिन्छ। मेन्सुटअल साइकल (महिनावरी चक्र)लाई ध्यानमा राख्नुपर्छ।

यदि म्यूकस लचिलो छ भने, तपाईंको गर्भ रहन सक्छ। यदि यो चिपचिपा छ भने सम्झनुहोस् कि तपाईंको समय सुरक्षित छ। यो प्रेग्नेन्सी रोक्ने सबैभन्दा सस्तो तरिका हो।

सेक्स गरौं तर पेनिट्रेशन होइन !

यदि यौन सम्बन्धका क्रममा तपाईंहरु दुबै पेनिट्रेशन (योनीद्वारमा लिंग प्रवेश गराउने) गराउन चाहनुहुन्छ र अनिच्छित गर्भबाट पनि बच्न चाहनुहुन्छ भने कुनै किसिमको गर्भनिरोध प्रयोग गर्नुपर्छ।

यदि तपाईं गर्भनिरोध र प्रेग्नेन्सी दुबैबाट बच्न चाहनुहुन्छ भने यौन सम्बन्धको क्रममा हात र मुखको प्रयोग गर्न सक्नुहुन्छ। हातको उत्तेजना र ओरल सेक्स पनि उत्तिनै सन्तुष्टिदायक हुन्छ तर, यस क्रममा ध्यान दिनुपर्ने चाहि के भने विर्यलाई योनीको आसपासमा आउन दिनुहुँदैन।

त्यसो त बिना पेनिट्रेशन यौन सम्बन्ध राख्दा गर्भवती हुने संभावना एकदम कम हुन्छ तर, ध्यान राख्नुहोस् कि गर्भ रहनका लागि केवल एक स्पर्म नै काफी छ।

गर्भनिरोधकको प्रयोग !

अहिले गर्भनिरोधका अनेक उपाय छन्। यस्ता उपाय हुँदाहुँदै असुरक्षित यौन सम्बन्ध बनाउनुको कुनै अर्थ छैन। महिलाले गर्भनिरोधक गोली सेवन गर्न सक्छन्।

कन्डम प्रयोग गर्न सकिन्छ। अरु किसिमको विकल्प पनि छन्। यद्यपी कन्डमबाहेकका विकल्प अपनाउँदा महिलाको शारीरिक स्वास्थ्यमा केही असर गर्छ कि भनेर ध्यान दिनुपर्छ।

‘हुन्न’ भन्नुपनि एक विकल्प !

अक्सर यौनको लागि पुरुष नै अग्रसर हुने गर्छन्। जब पुरुषलाई यौनको इच्छा जाग्छ, तब उनले आफ्नो पार्टनरलाई त्यसका लागि तयार हुन आग्रह गर्छन्। पुरुषकै विर्य स्खलन भएपछि उनीहरुको यौन सम्बन्ध पुरा हुन्छ।

यसमा महिलाको उपस्थिती र रुचीलाई त्यती ध्यान दिइदैन। जबकी गर्भ रह्यो भने महिला नै बढी पीडित हुने हो। महिलाले नै बढी मानसिक र शारीरिक समस्या झेल्ने हो। यसकारण पार्टनरले असुरक्षित यौन सम्बन्ध बनाउने इच्छा राख्छ भने महिलाले हुन्न भन्न सक्नुपर्छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...