News Portal

यसरी भेट्टाउन सकिन्छ हराएको मोबाइल

हिमाली संचार संवाददाता
१०२६ पटक

काठमाडौं – आफ्नो मोबाइल फोन हरायो भने जसलाई पनि तनाव हुन्छ। एकातर्फ पैसाको क्षति, अर्कोतर्फ मोबाइलमा सेभ गरेका तमाम् फोन नम्बरहरू फेरि जुटाउने झन्झट त भई नै हाल्छ।

तर, जति सावधानी अपनाए पनि मोबाइल हराउन सक्ने खतरा जहिल्यै पनि हुन्छ। हराएको मोबाइल हत्पत्ति भेटिँदैन पनि तर, हामी यस्तो उपाय सिकाउँदै छौं जसले कम्तीमा हराएको मोबाइल कुन स्थानमा छ, भनेर पत्ता लगाउन सकिन्छ। यो उपायले एन्ड्रोइड फोनमा मात्रै काम गर्छ।

पूर्वसावधानी !

फोन हराउनुभन्दा अगाडि नै तपाईंले सावधानी अपनाउनुभयो भने हराएपछि खोज्न सजिलो हुन्छ। यसका लागि तपाईं सबैभन्दा पहिले एन्ड्रोइड स्मार्टफोनमा गुगल सेटिङमा जानुहोस्।

त्यहाँ सेक्युरिटी आइकनमा गएर तपाईंले ‘लोकेट द डिभाइस’ अप्सनलाई अन गर्नुपर्छ। यो अप्सनबाट तपाईंले आफ्नो हराएको फोन पत्ता लगाउन सक्नुहुन्छ।

कम्प्युटरबाट ट्र्याक गर्ने !

यसका लागि कम्युटरको ब्राउजर खोलेर एन्ड्रोइड डिभाइस म्यानेजरमा जानुहोस्। त्यहाँ तपाईंले आफ्नो जिमेल एकाउन्ट लग इन गर्नुपर्ने हुन्छ।

ध्यान राख्नुहोस् कि, तपाईंले त्यही इमेल आइडी यहाँ राख्नुपर्छ जुन आफ्नो फोनको गुगल प्लेस्टोर लगइन गर्नलाई तपाईंले राख्नुभएको थियो। त्यसपछाडि एउटा नक्शा देखिन्छ। यसले तपाईंको एन्ड्रोइड फोनलाई ट्रयाक गर्छ।

यसको लोकेसन देखाइदिन्छ। जुन ठाउँमा तपाईंको फोन हुन्छ, त्यसको पूरा ठेगाना देखाइदिन्छ। यसको अलावा यहाँ तीन अप्सन, ‘रिङ, लक र इरेज’ दिइएको हुन्छ। रिङ अप्सनमा क्लिक गर्दा तपाईंको फोनको घन्टी बज्छ।

लक अप्सनमा जाँदा स्कृनमा पासवर्ड हाल्नुपर्ने हुन्छ। इरेज अप्सनको प्रयोग गर्दा एन्ड्रोइड फोनमा भएका तपाईंका सबै निजी डाटाहरू मेटिन्छन्।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...