News Portal

हङकङमा थपिए कोरोना संक्रमित, १० जनाको मृत्यु

हिमाली संचार संवाददाता
४६६ पटक

२०७७ साउन १, बिहिबार
युवा राई/हङकङ – हङकङमा बिहिबार थप ६७ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

यो हङकङकै सर्वाधिक उच्च दैनिक संक्रमण हो। गत मार्च २७ तारिख संक्रमणको उच्च आंकडा ६५ रेकर्ड भएको थियो।

हङकङ स्वास्थ्य संरक्षण केन्द्रकी डा.चुवाङ शुक वानले बिहिबारको न्युज ब्रिफिङमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएकी हुन्।

यससंगै हङकङमा कोरोना संक्रमितको संख्या १,६५६ पुगेको छ। डा. शुक वानले यो तथ्यांक आगामी दिनमा अझै बढ्न सक्ने चेतावनी दिएकी छन्।

आयातित संक्रमित चार जना रहेका छन्। उनीहरु भारत, फिलिपिन्स र इन्डोनेशियाबाट हालै हङकङ फर्केका हुन्। संक्रमितमध्ये ४ जना आयातीत, २८ स्थानीय र बाँकी ३५ जनाको संक्रमणको स्रोत पत्ता लगाउन नसकेको जानकारी समेत दिएको हो।

कोरोना संक्रमितहरुमा १ हजार २ सय ५४ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। ३ सय १९ जनाको उपचार भइरहेको छ। ६ जना संक्रमितको अवस्था गम्भीर रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा हिजो बुधवार २ जनाको निधन भएको थियो। यससंगै हङकङमा कोरोनाबाट ज्यान गुमाउंनेको संख्या १० पुगेको बताईएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...