News Portal

कर्णालीमा करिब १७ सय कोरोना संक्रमित

हिमाली संचार संवाददाता
५३१ पटक

२०७७ असार ३०, मंगलबार
वीरेन्द्रनगर – कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १७ सय नजिक पुगेपनि निको भएका घटाउँदा अहिले २ सय २२ जना संक्रमित विभिन्न आईसोलेशनमा रहेका छन।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले आज सुर्खेतका १४ जना सहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। सुर्खेतका २, दैलेख र जुम्लाका १/१ गरि ४ वटा प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

सुर्खेतमा भएको परिक्षणमा सुर्खेतका १४ तथा जुम्ला, जाजरकोट र काठमाण्डौंका एक/एक जनामा संक्रमण देखिएको हो। यस्तै जुम्लामा गरिएको परिक्षणमा जुम्लाका ४ जना र दैलेख अस्पतालमा गरिएको परिक्षणमा दैलेख कै ६ जनामा कोरोना संक्रमण देखिएको हो।

यो संगै कर्णालीमा कोरोना संक्रमण हुनेको संख्या १६ सय ९० जना पुगेको छ। आजै कर्णालीका विभिन्न अस्पताल र आइशोलेसन सेन्टरबाट कोरोना संक्रमण मुक्त भई ७ जना डिस्चार्ज भएका छन्।

प्रदेश अस्पताल सुर्खेतबाट ३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १, डोल्पा अस्पतालबाट २, गुँरास आइशोलेसन सेन्टरबाट १ जना डिस्चार्ज भएका हुन्।

यो संगै कर्णालीमा निको हुनेको संख्या १४ सय ६२ पुगेको छ। सुर्खेतमा सबैभन्दा बढी ९१ जना, दैलेखमा ३२, सल्यानमा १७, जाजरकोटमा ५ र डोल्पामा ३ जना संक्रमित आईसोलेशनमा रहेको महाशाखाले जनाएको छ। कर्णालीमा संक्रमित मध्ये ६ जनाको मृत्यु भइसकेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...