News Portal

कर्णालीमा करिब १७ सय कोरोना संक्रमित

हिमाली संचार संवाददाता
४९५ पटक

२०७७ असार ३०, मंगलबार
वीरेन्द्रनगर – कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १७ सय नजिक पुगेपनि निको भएका घटाउँदा अहिले २ सय २२ जना संक्रमित विभिन्न आईसोलेशनमा रहेका छन।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले आज सुर्खेतका १४ जना सहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। सुर्खेतका २, दैलेख र जुम्लाका १/१ गरि ४ वटा प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

सुर्खेतमा भएको परिक्षणमा सुर्खेतका १४ तथा जुम्ला, जाजरकोट र काठमाण्डौंका एक/एक जनामा संक्रमण देखिएको हो। यस्तै जुम्लामा गरिएको परिक्षणमा जुम्लाका ४ जना र दैलेख अस्पतालमा गरिएको परिक्षणमा दैलेख कै ६ जनामा कोरोना संक्रमण देखिएको हो।

यो संगै कर्णालीमा कोरोना संक्रमण हुनेको संख्या १६ सय ९० जना पुगेको छ। आजै कर्णालीका विभिन्न अस्पताल र आइशोलेसन सेन्टरबाट कोरोना संक्रमण मुक्त भई ७ जना डिस्चार्ज भएका छन्।

प्रदेश अस्पताल सुर्खेतबाट ३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १, डोल्पा अस्पतालबाट २, गुँरास आइशोलेसन सेन्टरबाट १ जना डिस्चार्ज भएका हुन्।

यो संगै कर्णालीमा निको हुनेको संख्या १४ सय ६२ पुगेको छ। सुर्खेतमा सबैभन्दा बढी ९१ जना, दैलेखमा ३२, सल्यानमा १७, जाजरकोटमा ५ र डोल्पामा ३ जना संक्रमित आईसोलेशनमा रहेको महाशाखाले जनाएको छ। कर्णालीमा संक्रमित मध्ये ६ जनाको मृत्यु भइसकेको छ।

प्रतिकृया दिनुहोस्

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...