News Portal

जुम्लामा  पनि सलह

हिमाली संचार संवाददाता
४५४ पटक

जुम्ला -जुम्लामा पनि सलह पुगेको छ । छिमेकी जिल्ला रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको सलह जुम्लामा पनि पुगेको हो ।

यहाँको पातारासी गाउँपालिका १ र २ का केही बस्तीमा सलह किराको झुण्डहरु प्रवेश गरेको भेटिएको स्थानीयले बताएका छन् ।

सलहले मकै,गहुँ र आलु बारीमा क्षति पुर्‍याएको छ । जताततै सलह किराको झुण्ड देखिन्छ । सलहले घोगा लागिसकेको मकै सखाप पार्न थालेपछि किसान चिन्तित छन् ।

शुरुशुरुमा छिटफुट रुपमा देखिएपनि अहिले ठूलो झुण्डमा देखिन थालेका स्थानीय गोर्खबहादुर रावतले बताए ।

सलहले आलु र मकै बारीमा प्रवेश गरेर ठुलो नोक्सान गरेको उनले बताए ।

‘सलह भगाउनको लागि विभिन्न बाजा बजाउने, मान्छे कराउने गर्छन्’, ‘उनले भने, ‘तैपनि सलह भाग्दैनन् ।अहिले किसान तनावमा छन् ।’

यता पातारासी गाउँपालिकामा सलह किराको झुण्डहरु प्रवेश गरेकोले किसानलाई सचेत रहन आग्रह गरिएको छ । कृषि विकास शाखा संयोजक रुपक बुढाले सलह भगाउने अनेक प्रयास गरिएपनि नसकिएको बताए ।

पातारासीमा पहिलोपटक सलह देखिएको उनले जानकारी दिए । ठूलो आवाज निकाल्ने, धुँवा जस्ता विधिबाट सलहलाई तितरबितर पार्ने प्रयास भइरहेको छ । सानो क्षेत्रमा गरिएको खेतीमा झुल वा जालीले छोपेर बालीनाली बचाउने, विषादी प्रयोग गर्ने,लसुन पानी उमालेर छर्ने र जैविक विषादी समेतको प्रयोग गर्ने काम भएको गाउँपालिकाले जनाएको छ ।

सलहले मकैबाली सखाप पार्न थालेपछि भोकमरी हुन सक्ने भन्दै किसान चिन्तित हुन थालेका छन् । सलहले बालीमा अमेरिकी फौजी कीराले भन्दा बढि क्षति गर्छ ।

सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । भारतको विभिन्न प्रान्त हुँदै नेपाल भित्रिएको सलह जुम्लामा पनि पसेको हो ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...