News Portal

तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली

हिमाली संचार संवाददाता
५२५ पटक

भारत -भारतको चेन्नईमा स्टेट बैङ्कको शाखाका रुपमा तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली रहेको पाइएको छ । स्टेट बैङ्कसँग कुनै सम्बन्ध नै नरहेको अवस्थामा सो बैङ्कको शाखा कार्यालयका रुपमा तीन महिनादेखि कारोबार गर्दै आएको बैंकिङ कार्यालयको रहस्योद्घाटन नाटकीय रुपमा भएको हो ।

तमिलनाडु जिल्लाको कडलोर जिल्लाको पनरुत्ती गाउँमा करिब ८० हजार जनसंख्या छ । उक्त गाउँमा स्टेट बैङ्कका दुई शाखा कार्यालय सञ्चालित छन् ।

केही दिनअघि एउटा शाखा कार्यालयमा एक ग्राहकले नै शाखा प्रवन्धकसँग नयाँ शाखाको बारेमा सोधेका थिए । ‘तपाईंले बैङ्कको तेस्रो शाखाका बारेमा कहिल्यै भन्नुभएन त ? ग्राहकको यस्तो प्रश्नपछि शाखा प्रबन्धक चकित भए । उनले यस क्षेत्रमै स्टेट बैङ्कको दुईवटा मात्र शाखा रहेको बताए ।

ग्राहकले तेस्रो शाखाको कागजात देखाएपछि शाखा प्रवन्धक चकित भए । उनले क्षेत्रीय कार्यालयमा यसबारे सोधखोज गरे । तर क्षेत्रीय कार्यालयले कुनै शाखा नखोलिएको जनाएपछि उनीहरु कथित तेस्रो शाखा कार्यालय हेर्न गए ।

त्यहाँ पुग्दा बैङ्कका कर्मचारी नै चकित भए । कार्यालयको सजावट, भौतिक संरचना लगायत सबै बन्दोबस्त कुनै बैङ्कको जस्तै थियो । नगद जम्मा गर्ने भौचर, रबर स्टाम्प, फाइलमा बैङ्कको नाम प्रिन्ट भएको र नगद काउन्टरमा रकम गणना गर्ने मेसिन लगायतका सामान थिए ।

स्टेट बैङ्कको सक्कली शाखाको उजुरीका आधारमा प्रहरीले छापा मारेर नक्कली शाखा खोल्न संलग्न तीन जनालाई पक्राउ गरेको छ । उनीहरु मिलेर गत अप्रिलमा बैङ्कको नक्कली शाखा खोलेका थिए ।

नक्कली शाखा खोल्ने योजनाकार मानिएका १९ वर्षीय कमलले आमाबुवा नै बैङ्कका जागिरे भएका कारण आफूले सानैदेखि बैंकिङ कारोबारलाई नजिकबाट हेरेको बताएका छन् । पिताको मृत्यु भएको र आमाले पनि बैङ्कबाट अवकाश पाएपछि यसरी बैङ्क खोलेको उनले बताएका छन् ।

आफूले ठगीको उद्देश्यले नभई बैङ्क खोल्ने चाहनाका कारण यस्तो काम गरेको उनले प्रहरीसमक्ष बताएका छन् । तीन महिनामा उनीहरुले कति निक्षेप संकलन गरे, उक्त रकम हाल कुन अवस्थामा छ, कति मानिस ठगिए भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...