News Portal

स्थानिय युवाहरुद्वारा शिव मन्दिर परिसर सरसफाई

हिमाली संचार संवाददाता
६८३ पटक

२०७७ असार २७, शनिबार
सुर्खेत – सुर्खेतको बीरेन्द्रनगर-९ मा रहेको प्राचिन शिव मन्दिरमा स्थानिय युवाहरुले सरसफाई गरेका छन।

१६३९ मासे बैशाख शुक्लपक्षको त्रयादशि गुरुवार शिलास्थापना आत्मनाथ र लगंगरनाथ राजा प्रताप शाहीको पालामा स्थापना भएको एकमात्र दुङगाले स्थापना भएको मन्दीरको सरसफाई गरिएको हो।

पुरानो मन्दीर जिर्ण भएपछि स्थानिय युवाहरुको पहलमा मन्दीरको सरसफाई गरिएको हो। देशकै पुरानो शक्तिपिठ मध्यको एक लाटिकोईलीमा रहेको मन्दिरको सरसफाई गरिएको हो।

मन्दिरमा साउनको महिनामा भक्तजनहरुको घुईचो लाग्ने भएकाले मुलमन्दिर र मन्दिर सरसफाई गरेर नयाँ रोगन गरिएको हो। पुरानो मन्दिर भएपनि प्रचार प्रशारणको अभाव भएका कारण पनि पुरानो शक्तीपिठ मन्दिर ओझेलमा परेको छ।

अहिले मन्दिरमा आर्थिक अभाव भएका कारण मन्दिरमा भएको विजुली, बत्तिपानी भुक्तानी गर्न समेत समस्या भएको स्थानियको भनाई छ।

मन्दिर सरसफाई मा स्थानिय युवाहरु सनम गिरी, सुदिप जिसी, हेमन्त गिरी, नविन गिरी, अनिल दाहाल, प्रदिप रोकाय र नवराज कार्की लगायतको टोलीले सरसफार्इ गरेका हुन।

सुर्खेतको वीरेन्द्रनगर-९ मा रहेका प्राकृति सम्पदाहरु काँक्रेविहार, शिव मन्दिर र नारायण मन्दिर संरक्षणमा लाग्ने युवाहरुले बताएका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...