News Portal

स्थानिय युवाहरुद्वारा शिव मन्दिर परिसर सरसफाई

हिमाली संचार संवाददाता
७८४ पटक

२०७७ असार २७, शनिबार
सुर्खेत – सुर्खेतको बीरेन्द्रनगर-९ मा रहेको प्राचिन शिव मन्दिरमा स्थानिय युवाहरुले सरसफाई गरेका छन।

१६३९ मासे बैशाख शुक्लपक्षको त्रयादशि गुरुवार शिलास्थापना आत्मनाथ र लगंगरनाथ राजा प्रताप शाहीको पालामा स्थापना भएको एकमात्र दुङगाले स्थापना भएको मन्दीरको सरसफाई गरिएको हो।

पुरानो मन्दीर जिर्ण भएपछि स्थानिय युवाहरुको पहलमा मन्दीरको सरसफाई गरिएको हो। देशकै पुरानो शक्तिपिठ मध्यको एक लाटिकोईलीमा रहेको मन्दिरको सरसफाई गरिएको हो।

मन्दिरमा साउनको महिनामा भक्तजनहरुको घुईचो लाग्ने भएकाले मुलमन्दिर र मन्दिर सरसफाई गरेर नयाँ रोगन गरिएको हो। पुरानो मन्दिर भएपनि प्रचार प्रशारणको अभाव भएका कारण पनि पुरानो शक्तीपिठ मन्दिर ओझेलमा परेको छ।

अहिले मन्दिरमा आर्थिक अभाव भएका कारण मन्दिरमा भएको विजुली, बत्तिपानी भुक्तानी गर्न समेत समस्या भएको स्थानियको भनाई छ।

मन्दिर सरसफाई मा स्थानिय युवाहरु सनम गिरी, सुदिप जिसी, हेमन्त गिरी, नविन गिरी, अनिल दाहाल, प्रदिप रोकाय र नवराज कार्की लगायतको टोलीले सरसफार्इ गरेका हुन।

सुर्खेतको वीरेन्द्रनगर-९ मा रहेका प्राकृति सम्पदाहरु काँक्रेविहार, शिव मन्दिर र नारायण मन्दिर संरक्षणमा लाग्ने युवाहरुले बताएका छन।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...