News Portal

कर्णालीमा कोरोनालाई जित्नेको संख्या साढे १३ सय नजिक पुग्यो

हिमाली संचार संवाददाता
५५६ पटक

२०७७ असार २६, शुक्रबार
सुर्खेत – कर्णाली प्रदेशमा कोरोनालाइ जित्नेको संख्या साढे १३ सय नजिक पुगेको छ। हालसम्म विभिन्न आसोलेसन सेन्टरबाट कोरोना भाइरसलाइ जितेर घर फर्केनेको संख्या १३ सय ४७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालय स्वास्थ्य माहाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले पछिल्ला केहिदिन यता निको हुने दर बढ्को भन्दै आज २६ जनाले कोरोना जितेको बताउनुभयो।

कर्णालीमा संक्रमित मध्य निको भएर घर फर्केका र मृत्युको घटाउदा अहिले २ सय ३५ जनाको उपचार चल्दै छ। यस्तै आज थप २७ जना कोरोना संक्रमित थपिएका छन।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमितमध्ये सुर्खेका ११ जना र सल्यानका १० जना, जाजरकोट र दैलेखका दुई/दुई जना, डोल्पा, सल्यान र बाजुराका एक/एकजना रहेका छन।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ८८ पुगेको छ। हालसम्म कर्णालीमा आरटिपिसिआर विधिबाट ३२ हजार चार सय भन्दा धेरै परिक्षण गरिएको उल्लेख गर्नुभयो।

कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ जना रहेको मन्त्रालयले जनाएको छ। यस्तै हालसम्म कर्णालीमा सबैभन्दा धेरै संक्रमित दैलेखमा देखिएको मन्त्रालयले पुष्टि गरेको छ।

दैलेखमा जम्मा ७ सय ९१ संक्रमित मध्य हालसम्म ७ सय २५ जना निको भएका छन भने अव बाँकी ६६ जना मात्रै संक्रमत रहेका छन।

सुर्खेतमा ४ सय २३ मध्ये ३ सय ४६ निको भएसंगै ७७ जना संक्रमित रहेका छन भने सल्यानमा ६८ संक्रमितको विभिन्न आसोलेसनमा उचार भईरहेको छ। यस्तै रुकुम पश्चिममा १५, जाजरकोटमा १४, कालिकोटमा १३, मगुमा ३, जुम्लामा २ जना संक्रमित रहेका छन।

हुम्लामा दुई जना संक्रमित निको भएसंगै कोरोना मुक्त जिल्ला भईसकेको छ भने डोल्पामा एक मृत्यु भएको छ। कर्णालीमा रहेका अन्य प्रदेशका ५० मध्य २७ जना निको भएका छन भने बाँकी २३ जनाको उपचार चल्दै छ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...