News Portal

जाजरकोटको बारेकोटमा पहिरोले दुई घर बगायो

हिमाली संचार संवाददाता
६९२ पटक

२०७७ असार २६, शुक्रबार
राजेन्द्र कार्की/जाजरकोट – जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीटोलमा बिहीबार राती पहिरो गएको छ। पहिरोले दुई घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले दिएको जानकारी अनुसार बिहीबार राती अविरल वर्षा पछि गएको पहिरोले गोपाल सार्की र कलु सार्कीको घर बगाएको हो।

पहिरोमा पाहुना आएकासहित हराएका १२ मध्ये एकजनाको शव फेला परेको छ। शवको पहिचान हुन सकेको छैन। अन्य ११ जना पहिरोमै पुरिएको आशंका गरिएको छ।

अहिलेसम्म प्रहरी घटनास्थल पुग्न सकेको छैन। पहिरोमा परी ५२ वर्षीय गोपाल सार्कीसहित उनकी श्रीमती ५० वर्यीया पुष्पा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की र ११ वर्षका छोरा अर्जुन सार्की बेपत्ता भएका छन्।

उनको घर समेत पहिरोले पुरेको छ। त्यस्तै ३८ वर्षीया कलु सार्कीसहित उनकी छोरीहरु १४ वर्षीया तिर्खा र ११ वर्षीया मला तथा ६ वर्षीय छोरा सुभास वेपत्ता भएको प्रमुख प्रशासकीय अधिकृत सिंहले बताए।

त्यस्तै कलु सार्की अर्थात दिदीको घरमा पाहुना आएका कुशे ९ चौताराका २० वर्षीया डिल्ली सार्की, १४ वर्षीय गौरी सार्की, १६ वर्षीय कविता सार्की र १८ वर्षीय विरेन्द्र सार्की बेपत्ता भएको उनले बताए।

उनले उद्धारमा निकै समस्या भएको सुनाए। अहिलेसम्म उद्धारका लागि कसैले आवश्यक पहल नगरेको बताए।

जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले इलाका प्रहरी कार्यालय रामीडाँडा र अस्थायी प्रहरी चौकी लिम्साबाट प्रहरी टोली घटनास्थलतर्फ खटाएको बताए।

तर सञ्चार सम्पर्क हुन नसक्दा घटनाबारे विस्तृत खबर आउन नससकेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...