News Portal

नेपालमा भारतीय समाचार लगायतका च्यानल बन्द

हिमाली संचार संवाददाता
४९७ पटक
२०७७ आषाढ २५, बिहिवार

काठमाण्डौ । नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण बन्द गरिएको छ। च्यानल वितरक कम्पनीहरुले भारतीय समाचार च्यानलको प्रशारण आजै साँझदेखि बन्द गरेका हुन्।

चीनसँग जोडेर नेपालका बारेमा अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै कम्पनीहरुले स्वतःस्फूर्त रुपमा त्यस्ता च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको म्याक्स टेलिभिजनका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिएका हुन् ।

‘हामी अपरेटरहरुले सल्लाह गरेर हाम्रो राष्ट्रियतामा धावा बोल्ने भारतीय समाचार च्यानलको प्रशारण बन्द गरेका हौँ’ शर्माले भने ‘हामीलाई सरकार वा कुनै निकायले निर्देशन वा दवाव दिएको होइन।’

म्याक्सले करिब २० वटा भारतीय च्यानलको प्रशारण रोकेको उनले जानकारी दिए। म्याक्ससहित डिसहोम लगायत ८/९ वटा वितरक कम्पनीहरुले भारतीय समाचारका च्यानलको प्रशारण बन्द गरेको उनले बताए। 

आफूहरुले भारतीय समाचार च्यानलको प्रशारण बन्द गरे पनि इन्टरनेटमार्फत अहिले नेपालविरुद्धका अतिरञ्जित सामाग्रीहरु सर्वसाधारणले हेर्न सक्ने भएकाले यस सम्वन्धमा राज्य पनि गम्भीर हुनुपर्ने शर्माकाे भनाई छ।

उनका अनुसार मनोरञ्जन तथा खेलकुदका भारतीय च्यानलको प्रशारण भने यथावत रहनेछ। सबैजसो च्यानल वितरक कम्पनीहरु भारतीय समाचार च्यानलको प्रशारण रोक्न सहमत भएको उनको भनाइ छ। रासस 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...