News Portal

पहिरोले पार्वती बमको गास, बास, कपास सबै खोस्यो

हिमाली संचार संवाददाता
७०२ पटक

२०७७ असार २४, बुधबार
दार्चुला – महाकाली नगरपालिका‐१ श्रीबगरस्थित सडक किनारमा पसल थापेर बसेकी पार्बती बमको घरमा पहिरो खस्दा उनको सर्वस्व नै गुमेको छ।

सम्पत्तीको नाममा एउटा घरमात्रै रहेको पारवतीको घरमाथी पहिरो खसेपछि अहिले उनी सहित परिवारको विचल्ली भएको छ।

घरमै पसल थापेर दैनिक गुजरा चलाइरहेकी पारवतीको घरमा पहिरो खस्दा उनको विचल्ली मात्रै भएको छैन्, गास, बास र कपास समेत खोसिएको छ।

पहिरोले उनको गास, बास, कपास खोसि दिएपछि के खाने र के लाउने भन्ने पिरले पारवती बेलाबेला झस्किएर बेहोस हुँदै थिइन।

चार जहानको परिवार रहेको पारवतीको गुजरा चलाउने ठाउँ नै पहिरोले लगेपछि अहिले उनि सबैसंग हारगुहार गरिरहेकी छन्।

३ जना बालबच्चाको पालन पोषण गर्दै पसल समेत संचालन गरेकी पारवतीका श्रीमान विगत १ वर्ष देखी भारतको दिल्लीमा रहदै आएका छन्।

रोजगारीको शिलशिलामा भारत गएका उनका श्रीमान कोरोना भाईरसका कारण लकडाउन भएपछि घर आउन नपाइ उतै अड्किएका छन्। घरमाथी खसेको पहिरोले पारवतीको दुई तले पक्की घर र पसल पुर्णरुपमा क्षति गरेको छ।

ठुलठुला ढुंगा सहित खसेको पहिरो पारवतीको घरमाथी परेपछि पसल भित्र रहेको उनको सबै सरसमान, घरभित्र भएको अलिकति सम्पत्ती, खाद्यान्न, लुगाकपडा सबै नष्ट भएको प्रहरीले मुचुल्का तयार पारेको छ।

बुधबार विहान करिव ८ बजे तिर खसेको पहिरोले क्षणभरमै पारवतीका सबै सपना चक्नाचुर बनाइदिएको छ। पार्वतीको तत्कालको समस्या टार्न महाकाली नगरपालिका अन्र्तगतको विपद व्यवस्थापन शाखाले राहत स्वरुप खाद्यान्न र टेन्ट उपलब्ध गराएको नगरपालिकाले जनाएको छ।

सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले घरमाथीको अलिअलि पहिरो हटाइ क्षति नभएको सरसमान लगायत अन्य सामाग्री निकालेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्टले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...