News Portal

पहिरोले पार्वती बमको गास, बास, कपास सबै खोस्यो

हिमाली संचार संवाददाता
६२९ पटक

२०७७ असार २४, बुधबार
दार्चुला – महाकाली नगरपालिका‐१ श्रीबगरस्थित सडक किनारमा पसल थापेर बसेकी पार्बती बमको घरमा पहिरो खस्दा उनको सर्वस्व नै गुमेको छ।

सम्पत्तीको नाममा एउटा घरमात्रै रहेको पारवतीको घरमाथी पहिरो खसेपछि अहिले उनी सहित परिवारको विचल्ली भएको छ।

घरमै पसल थापेर दैनिक गुजरा चलाइरहेकी पारवतीको घरमा पहिरो खस्दा उनको विचल्ली मात्रै भएको छैन्, गास, बास र कपास समेत खोसिएको छ।

पहिरोले उनको गास, बास, कपास खोसि दिएपछि के खाने र के लाउने भन्ने पिरले पारवती बेलाबेला झस्किएर बेहोस हुँदै थिइन।

चार जहानको परिवार रहेको पारवतीको गुजरा चलाउने ठाउँ नै पहिरोले लगेपछि अहिले उनि सबैसंग हारगुहार गरिरहेकी छन्।

३ जना बालबच्चाको पालन पोषण गर्दै पसल समेत संचालन गरेकी पारवतीका श्रीमान विगत १ वर्ष देखी भारतको दिल्लीमा रहदै आएका छन्।

रोजगारीको शिलशिलामा भारत गएका उनका श्रीमान कोरोना भाईरसका कारण लकडाउन भएपछि घर आउन नपाइ उतै अड्किएका छन्। घरमाथी खसेको पहिरोले पारवतीको दुई तले पक्की घर र पसल पुर्णरुपमा क्षति गरेको छ।

ठुलठुला ढुंगा सहित खसेको पहिरो पारवतीको घरमाथी परेपछि पसल भित्र रहेको उनको सबै सरसमान, घरभित्र भएको अलिकति सम्पत्ती, खाद्यान्न, लुगाकपडा सबै नष्ट भएको प्रहरीले मुचुल्का तयार पारेको छ।

बुधबार विहान करिव ८ बजे तिर खसेको पहिरोले क्षणभरमै पारवतीका सबै सपना चक्नाचुर बनाइदिएको छ। पार्वतीको तत्कालको समस्या टार्न महाकाली नगरपालिका अन्र्तगतको विपद व्यवस्थापन शाखाले राहत स्वरुप खाद्यान्न र टेन्ट उपलब्ध गराएको नगरपालिकाले जनाएको छ।

सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले घरमाथीको अलिअलि पहिरो हटाइ क्षति नभएको सरसमान लगायत अन्य सामाग्री निकालेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्टले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...