News Portal

काँग्रेस जिल्ला कार्यसमितिको वैठक बसाल्न माग

हिमाली संचार संवाददाता
५०५ पटक

२०७७ असार २४ बुधबार
सुर्खेत – नेपाली काँग्रेस जिल्ला कार्य समिति सुर्खेतका पदाधिकारी तथा सदस्यहरुले समसामयिक विषयमा छलफलका लागि वैठक आह्वान माग गरेका छन्।

कोरोना महामारीको सन्दर्भमा जिल्ला कार्यसमितिको तर्फबाट भएका र गर्नुपर्ने गतिविधि, प्रदेश सरकारका गतिविधिमाथि निगरानी, पार्टीको जिल्ला स्तरीय समायोजन लगायतका विषयमा जानकारी दिन तथा छलफल गर्न पदाधिकारीहरुले वैठक आह्वानको माग गरेका हुन्।

जिल्ला कार्य समिति सचिवसहित ९ जना सदस्य, २ जना पदेन सदस्यले वैठक माग गर्दै सभापतिलाई पत्र बुझाएका छन्।

महामारी रोकथाम, प्रदेश सरकारका गतिविधमाथि निगरानीका विषयमा पार्टीको तर्फबाट हुनुपर्ने संस्थागत स्वामित्वका विषयमा बैठक बसी समिक्षा गर्न उनीहरुको माग छ।

पार्टीको १४ औं अधिवेशनको मिति तोकिएसँगै पार्टीको केन्द्रीय समितिले गरेको निर्णय अनुसार जिल्ल्लाको समायोजनसहित क्रियाशिल सदस्यता प्राप्त गर्ने गरी केन्द्रमा जानुपर्ने भएका क्रियाकलाप, सदस्यता नविकरण तथा वितरणका विषयमा पनि बैठक बसी समितिलाई जानकारी गराउन माग गरिएको छ।

पार्टीको निर्देशन अनुसार अन्य दल त्याग गरी काँग्रेसमा प्रवेश गरेका व्यक्तिहरुको विवरण केन्द्रमा पठाउने विषयमा जिल्लाको नेतृत्वबाट बेवास्ता भएको भन्दै यसबारेमा जिल्ला कार्यसमितिको वैठक बसी कार्यान्वयन गर्ने निर्णय गर्न पनि पदाधिकारी तथा सदस्यहरुले सभापतिलाई ध्यानाकर्षण गराएका छन्।

जिल्ला कार्य समिति सचिव रावतसहित सदस्यहरु गोविन्द कोईराला, रामबहादुर सिंह, मानबहादुर बुढा, विरेन्द्र रावत, वागविर दमाई, निर्मला शाही, रुपेन्द्र यादव, भगे कामी, पूर्ण बहादुर राना, पदेन सदस्यहरु खड्ग बहादुर पोखरेल र लालविर भण्डारीले संयुक्त रुपमा वैठकको माग गर्दै सभापतिलाई पत्र बुझाएका हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...