News Portal

हेड्स नेपाल मकाउ शाखाको प्रथम अधिवेशन मकाउमा सम्पन्न (फोटो फिचर)

हिमाली संचार संवाददाता
७४८ पटक
२०७७ आषाढ २१, आइतबार

सुरेश सिंह सुनार/मकाउ । मकाउमा रहेका नेपाली समुदायवीचको आपसी सद्भाव, सहयोग र सहकार्यको लागि मकाउमा स्थापित हेड्ट नेपाल मकाउ शाखाले प्रथम अधिवेशन सम्पन्न गरेको छ।

हेड्स नेपाल मकाउ शाखाले “दिलो ज्यानले मानव समुदायको सेवा गरौ” भन्ने मुल नाराका साथ विशेषत शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक विकासको लागि गाँस, बास, कपासजस्ता आधारभूत, मौलिक र नैसर्गिक अधिकारको लागि प्रत्यक्ष रुपमा पहल गरी सहयोग पुर्‍याउने हेतु तथा उदेश्यका साथ स्थापित संस्था हेड्स नेपाल मकाउ शाखाले आफ्नो दुई बर्षिय कार्यकाल पुरा गरेको छ । 

हेड्स नेपाल मकाउ शाखाले आयोजना गरेको कार्यक्रममा मकाउमा गठित विभिन्न संघ संस्थाका विशेष प्रतिनिधिहरुको उपस्थितिमा हिमालय हाउस ताइपामा कार्यक्रम सम्पन्न भएको थियो । हेड्स नेपाल मकाउ शाखाका निवर्तमान अध्यक्ष अधिवेशनका सभाध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठले स्वागत मन्तव्य साथै आफ्ना कार्यकालमा भएको क्रियाकलाप र समाजमा सकारात्मक प्रभावका बिषयमा प्रस्तुत गर्दै आगामी कार्यकालका लागि द्विपक्षीय सहमती, आपसी छलफल, सल्लाह र निर्णय वमोजिम नव गठित कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

नव गठित कार्य समितिमा अध्यक्ष प्रेम कुमार बिश्वकर्मा, उपाध्यक्ष चुत्र हादुर पौडेल (ज्याक), महासचिव सुरेश सिंह सुनार, सचिव मोहन सिंह पन्त, कोषाध्यक्ष बाबुकाजी श्रेष्ठ, महिला सदस्य सरिता लिम्बु र युवा संयोजक  नगेन्द्र बेलबासे सर्वसम्मत चयन गरेका छन् । नवगठित कार्यसमिति, संयोजक प्रजुन कुमार अधिकारी, निवर्तमान अध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठ लगायद सबैलाई गैरआवासीय नेपाली संघ मकाउका पुर्व अध्यक्ष, नेपाली सहयोगी हातहरु मकाउका अध्यक्ष समाजसेवी सुदर्शन थापा मगरले नव गठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए । 

हेड्स नेपाल मकाउ शाखाले विशिष्ट सल्लाहकारमा सुदर्शन थापा मगर, प्रमुख सल्लहकारमा ज्ञानेन्द कुमार श्रेष्ठ र प्रजुन कुमार अधिकारी मनोनीत गरेका संस्थाको महासचिव सुरेश सिंह सुनारले हिमाली संचारलाई जानकारी दिएको हो ।  

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...