News Portal

स्वास्थ्य सामाग्री पठाइयो मुगु, राजीव शाहलाई सम्मान

हिमाली संचार संवाददाता
६७६ पटक

२०७७ असार २१, आइतबार
काठमाडौं– मनघरी फाउण्डेसनको पहलमा आरम्भ सामाजिक संस्था, आनी छोइङ डोल्मा फाउण्डेशन, राष्ट्रिय आविष्कार केन्द्र र दैलेखी सेवा समाजले उपलब्ध गराएको स्वास्थ्य सामाग्री कर्णाली प्रदेशको मुगुमा पठाइएको छ।

फाउण्डेशनले २८ थान पीपीई सेट, २८ थान फेसल सिट, एक हजार थान सर्जिकल मास्क, १ सय १२ थान साबुन, २८ थान फस्ट एड किट पठाएको हो।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा फाउण्डेशनका तर्फबाट हाँस्य कलाकार हरिवंश आचार्यले ती सामान मुगुका पर्यटन व्यवसायी राजु कार्कीलाई हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रममा पूर्व सांसद तथा समाजसेवी राजीव विक्रम शाहलाई सम्मान गरिएको थियो। कर्णालीको स्वास्थ्य सेवामा अतुलनीय योगदान पुर्‍याएस्वरुप सम्मान गरिएको फाउण्डेसनका अध्यक्ष भरतबन्धु थापाले बताए।

शाहले कोरोना सुरु भएपछि पनि कर्णाली प्रदेशमा एक करोड रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरिसकेका छन।

शाहले जाजरकोटमा निजि लगानीमा सामुदायिक अस्पताल खोलि दिएका छन्। उनलाई हाँस्य कलाकार आचार्यले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...