News Portal

  • प्रशान्ती धार्मिक वनमा ठेकेदारको रजाई, निमक निकाय बेखबर

    हिमाली संचार संवाददाता
    ६१० पटक

    २०७७, असार २१, आइतबार
    सुर्खेत – सुर्खेतको बीरेन्द्रनगर-११ मा रहेको प्रशान्ती धार्मिक वनमा ठेकेदारहरुले चारबर्षदेखि मनपरी रुपमा ढुंगा, गिट्टी, र बालुवा राखेर रजा गरेका छन।

    उनिहरुले वननै नष्टहुने गरेर धमाधम ढुंगा, गिट्टी, र बालुवा राख्दा समेत नियमक निकाय मुखदर्शक बनेर बसेको छ। डिभिजन वन कार्यालय सुर्खेत र प्रशान्ती धार्मिक वनसंग कुनैपनि सहमती नगरी ठेकेदारहरुले आफुखुशी वनमा रजाई गरेका छन।

    भेरीपुलको दक्षिणतर्फ वनलाई नोक्सान गरेर ठुल्लो मैदान बनाएर ठेकेदारहरुले गिट्टी र बालुवा जम्मा गर्ने गरेका छन। वर्षौ देखि वनमा ठेकदाहरुले नदिजन्य पदार्थ धार्मिक वनमा थुपार्दा समेत उनिहरुला कसैले रोकतोक गरेको छैन।

    धार्मिक वन सम्बन्धी व्यवस्था वन ऐन २०४९ मा कुनै धार्मिक स्थल वा त्यसको वरिपरी कुनै कार्यगर्न नपाईने नियम छ। वनको उपयोग गर्नुपरे धार्मिक निकाय, समुदायले वनको क्षेत्रफल, चार किल्लाका विवरणहरु खुलाई डिभिजनल वन अधिकृत समक्ष निवेदन दिनु पर्ने व्यवास्था रहेको छ।

    तर उनिहरुले कानुन नियमको खिल्ली उडाउदै बर्षादेखि यसरी ढुंगा, गिट्टी, र बालुवा राख्दै आएका छन।

    आर्थिक बर्ष २०७१/७२ मा धार्मिक प्रयोजनको लागी दर्ताभएको १९ दशमलव ४५ हेक्टर क्षेत्रफल वन प्रशान्ती धार्मीक वनका नामबाट प्रशान्ती वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ अध्यक्ष रहने गरी डिभिजन वन कार्यालयमा दर्ता भएको छ।

    प्रशान्ती वृद्धाश्रम सचिव चेत अधिकारीले वनक्षेत्रमा के भईरहेको छ भन्ने समेत आफुलाई कुनै जानकारी नभएको बताउनु भयो।

    संस्थाका सदस्य भद्र भन्डारीले २०७३ सालमा आश्रमको पहलमा एक हजार भन्दा बढि विभिन्न जातका विरुवाहरु वृर्क्षारोपन गरिएपनि अहिले त्यसक्षेत्रमा कुनैपनि रुखविरुवा नभएको जिकिर गर्नुभयो।

    उहाँले यस विषयमा डिभिजन वन कार्यालयलाई पत्राचार गर्दा समेत कार्यालयले व्यवस्था गरेको उल्लेख गर्नुभयो। अहिले धार्मिक वन क्षेत्रमा नयाँ रोपेका विरुवा पुर्णरुपमा नस्ट भएका छन भने अन्य रुख विरुवाहरु समेत सुकेका छन।

    अहिले धार्मिक वनमा टिपर डोजर, ट्याक्टर आवत आजवतले जंगलमा रहेका बोटबिरुवासंगै जंगली जनवार र त्यहाँ रहेको बौद्ध गुम्वालाई समेत असर गरेको स्थानियको भनाई छ।

    धार्मीक वनमा वातावरणमा उल्लेखनीय प्रतिकूल असरपर्ने गरी वा सार्वजनिक रुपमा हानी नोक्सानी हुने गरी रुख कटान गर्न नपाइने कानुनी व्यवस्था छ। धार्मिक वनको अनुगमन डिभिजन वन अधिकृतले गर्ने कानुनी व्यवस्था भएपनि अनुगमन भने भएको छैन।

    यता डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्दप्रसाद दाहालले त्यसक्षेत्रमा के भईरहेको छ भन्ने आफुलाई कुनै जानकारी नभएको बताउनुभएको छ। उहाँले आजनै त्यसक्षेत्रको प्रत्यक्ष अवलोकन गरेर वास्तविकता पत्ता लगाउने जानकारी गराउनु भयो।

    अहिले त्यस क्षेत्रमा ढुंगा, गिट्टी, र बालुवा झन्डै दुई हजार टिपर भन्दा धेरै रहेको स्थानियले बताएका छन। ठेकेदारहरुले अन्य समयमा नजिकै रहेको झुप्रा खोला र भेरीबाट नदिजन्य पदार्थ निकाल्ने र बर्षादको समयमा महंगो मुल्यमा विक्रिवितरण गर्ने गरेका छन।

    गतबर्ष बीरेन्द्रनगर नगरपालिकाले ८४ हजार घनमिटर ढुंगा, गिट्टी, र बालुवा उठाउनको लागी एक कोरोड ७६ लाखमा टेन्डर गरेको थियो। नगरपालीकाको फितलो अनुगमन आर्थिक चलखेलकारण बर्षेनी टेन्डर भएको भन्दा कम मुल्यमा दिने छ।

    ठेकेदारहरुले डोजर लगाएर नदिजन्य पदार्थहरुको उत्खन गरेर झुप्रामा बसोबास गर्ने दलित समुदायको वस्तीनै जोखिम परेको छ। अहिले सुर्खेतका विभिन्न ठाँउमा जम्मा गरेर राखेको ढुंगा, गिट्टी र बालुवा नगरपालिकाले टेन्डर गरेको भन्दा धेरै रहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    २०८२ असार ३० गते। विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी...

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...

    रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष...