News Portal

वडाध्यक्ष र सदस्यद्वारा दिप्रुङ चुइचुम्माको पालिका बैठक बहिष्कार

हिमाली संचार संवाददाता
१३६६ पटक

२०७७ असार २०, शनिबार
खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङका अध्यक्ष भुपेन्द्र राईको निरंकुश तथा एकात्मक शैलीको विरोध गर्दै सोही पालिका वडा नं.७ टेम्माका वडाध्यक्ष धनबहादुर मगर र कार्यपालिका सदस्य चन्द्रकला राईले असार १८ र १९ गतेको कार्यपालिकाको बैठक बहिष्कार गरेका छन्।

गत असार १० गते बसेको पालिका परिषद्को बैठकले २ करोड २८ लाख बजेट भाषण गर्दै एकमुष्ट रकम विनियोजन गरिएको सार्वजनिक गरिएको थियोे।

वजेट विनियोजन गर्दा प्रत्येक वडालाई शिर्षक अनुसार छुट्टाउनु पर्नेमा तर त्यहाँ भने एकमुष्ट बजेट विनियोजन गरेर मनोपोलि ढंगबाट रकमान्तर गर्ने गरिएको बुझिएको छ।

विगतमा पनि टेम्माका जनताप्रति पालिका अध्यक्ष पुर्वाग्रही देखिनु भएकोले वडा नं.७ टेम्माका जनप्रतिनिधिले आजको बैठक बहिष्कार गरिएको हुनसक्ने पालिका श्रोताले बताएको छ।

यस पालिकामा सात वटा वडा रहेका तर टेम्माका जनताप्रति पालिका अध्यक्ष भुपेन्द्र राईले विभेद गर्दै आएको कारणले समानुपातिक ढंगबाट बजेट विनियोजन गरेर गौरवको योजना दिने सुनिश्चितता नभएसम्म कार्यपालिका बैठक बहिष्कार गर्ने वडा श्रोतले बताएको छ।

दिप्रुङ चुइचुम्मामा हरेक काम लहड र सनकको भरमा अध्यक्षले गर्ने गरेकोले कर्मचारी र निर्वाचित वडा प्रतिनिधिहरुसमेत असन्तुष्ट रहेको बुझिन्छ।

अन्य पार्टीका मात्रै होइन अध्यक्ष राई सम्बद्ध पार्टी नेपाली काङ्ग्रेसका नेता कार्यकर्तावीचमा पनि ठुलो असन्तुष्टि रहेको बुझिन्छ तर पार्टी भित्रको अनुशासन र मर्यादाका कारण उनको ज्यादती र हुकुमीशैलिलाई सार्वजनिक गर्न हिच्किचाई रहेका छन् तर बाध्य भएर उनले गरेका गलत कामको पर्दाफास गरिने पार्टीका एक नेताले बताए। यद्यपि पार्टीका बैठक, छलफल र भेलामा अध्यक्ष राईको कडा आलोचना हुँदै आएको छ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पार्टीले समेत प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको कारणले पनि अध्यक्ष राईको निरंकुश शैलिमा बढोत्तरी भएको श्रोतले बताएको छ।

कोभिड-१९ को प्रकोप बढेपछि यो पालिकामा राहत पिडितको लागि पटकपटक वितरण गर्दा सबैसँग सरसल्लाह र छलफल नगरी एकलौटी ढंगबाट खाद्यान्न, औषधिलगायत सामग्री खरिद गर्ने र वितरण गरिएकोमा समेत आमजनमानसमा अत्यधिक असन्तुष्टि रहेको बुझिएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...