News Portal

बजेटप्रति असन्तुष्टि जनाउँदै कांग्रेसद्वारा कर्णाली प्रदेशसभा बैठक बहिष्कार

हिमाली संचार संवाददाता
७०८ पटक

२०७७ असार २०, शनिबार
सुर्खेत – बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक बहिष्कार गरेको छ। आज बसेको बैठकमा कांग्रेसका कुनै पनि सांसदहरू उपस्थित नै भएनन।

मन्त्रालयहरुको छुट्टाछुट्टै योजनासहितको किताब नआएका कारण बैठकमा भाग नलिइएको बताएका छन। उनीहरुले सबै मन्त्रालयका अलगअलग रातो किताब बनाउन माग गर्दै आएका छन।

प्रमुख प्रतिपक्षविपक्षी दलका नेता जीवनबहादुर शाहीले सबै मन्त्रालयहरूको बजेट किताब मन्त्रालयगत रुपमा नआइसकेको कारण आफुहरु बैठकमा सहभागी नभएका उल्लेख गर्नुभयो।

उहाँले आफुहरुको माग सम्बोधन नभएसम्म बैठकमा सहभागी नुहने बताउनुभयो। सरकारले सबै मन्त्रालयको योजना समेटेर एउटै किताब प्रदेशसभामा वितरण गरेको छ।

प्रतिपक्ष दलका सदस्यहरु सहभागि नभएपनि बजेट अधिवेशनको २३ औं बैठक सञ्चालन गरिएको छ। कांग्रेसले आफ्ना माग पूरा नभएसम्म बैठक बस्न नदिने अडान राखेपछि अस्ती पनि बैठक स्थगित भएको थियो।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...