News Portal

सुर्खेतमा जंगलफडानी व्यापक: बरातालकै अर्को सामुदायिक वनमा पनि अवैद्धरुपमा जंगलफडानी, डिभिजन वनको भुमिकामाथी आशंका !

हिमाली संचार संवाददाता
११५३ पटक

२०७७ असार १९, शुक्रबार
सुर्खेत – पश्चिम सुर्खेतको बराहताल
गाँउपालिका वडा नम्बर १० रहेको सृजना सामुदायिक वनमा व्यापक रुख फडानी भएको छ।

डिभिजन वन कार्यालय सुर्खेतको अनुमती विना सामुदायिकको वन हाता भित्र रुखकाटी भएको पाईएको छ।

त्यसक्षेत्रको टाटी, खप्रे खोला वेलाचौरको वस्ती नजिकको जंगलमा सालका रुखहरु अबैद्धरुपमा फडानी भएपछि वनका कर्मचारीले गाँउलेको रोवरमा स्थानिय टाटिगाँउमा घर खानतलासी गरी जेठको अन्त्यतिर तिन सय क्युफिट भन्दा बढि सालका काठहरु बरामद गरेको थियो।

त्यस लग्तै डिभिजन वन कार्यालय सुर्खेतले लेकगाँउ रेन्जपोस्टका रेन्जेर महेश नेपालीलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गर्न जिम्मा दिएको छ।

स्थानियवासीले सामुदायिक वनका पदाधिकारीको मिलेमोतमा जंगलफडनी भएको दावी गरेका छन। रुखफडानी भएको एक महिना वितिसक्दापनि डिभिजन वन कार्यालय सुर्खेतले कसैलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन।

यता अनुसन्धानमा खटिएका रेन्जर महेश नेपालीले सृजना सामुदायिक वनका अध्यक्ष तुलबहादुर लामीछाने सहितको टोलीलाई पत्रचार गरी वयान लिने र अनुसन्धान गर्ने कार्य भईरहेको जानकारी दिनुभयो।

यसअघि बराहतालमै रहेको जनकल्याण सामुदायिक वनमा पनि अवैद्ध रुपमा जंगल फडानी भएको छ। जंगल फडानी गर्ने कार्यमा लागेका कोही पनि अहिलेसम्म अनुसन्धानको दायारमा आएका छैन।

पछिल्लो समय सुर्खेतको पश्चिमक्षेत्रमा,सामुदायिक वन, बैज्ञानिक वन, राष्ट्रिय वनमा व्यापक रुपमा जंगल फडानी भएपनि निमय निकाय दोषिलाई कारवाही गर्ने भन्दा पनि उनिहरुलाई उन्मुक्ती दिने तर्फ लागेको स्थानियको भनाई छ।

यस विषयमा डिभिजन वन कार्यालय सुर्खेतका प्रमुखसंग कुरागर्न खोज्दा सम्पर्क हुन सकेन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...