News Portal

सुर्खेतमा जंगलफडानी व्यापक: बरातालकै अर्को सामुदायिक वनमा पनि अवैद्धरुपमा जंगलफडानी, डिभिजन वनको भुमिकामाथी आशंका !

हिमाली संचार संवाददाता
१२०३ पटक

२०७७ असार १९, शुक्रबार
सुर्खेत – पश्चिम सुर्खेतको बराहताल
गाँउपालिका वडा नम्बर १० रहेको सृजना सामुदायिक वनमा व्यापक रुख फडानी भएको छ।

डिभिजन वन कार्यालय सुर्खेतको अनुमती विना सामुदायिकको वन हाता भित्र रुखकाटी भएको पाईएको छ।

त्यसक्षेत्रको टाटी, खप्रे खोला वेलाचौरको वस्ती नजिकको जंगलमा सालका रुखहरु अबैद्धरुपमा फडानी भएपछि वनका कर्मचारीले गाँउलेको रोवरमा स्थानिय टाटिगाँउमा घर खानतलासी गरी जेठको अन्त्यतिर तिन सय क्युफिट भन्दा बढि सालका काठहरु बरामद गरेको थियो।

त्यस लग्तै डिभिजन वन कार्यालय सुर्खेतले लेकगाँउ रेन्जपोस्टका रेन्जेर महेश नेपालीलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गर्न जिम्मा दिएको छ।

स्थानियवासीले सामुदायिक वनका पदाधिकारीको मिलेमोतमा जंगलफडनी भएको दावी गरेका छन। रुखफडानी भएको एक महिना वितिसक्दापनि डिभिजन वन कार्यालय सुर्खेतले कसैलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन।

यता अनुसन्धानमा खटिएका रेन्जर महेश नेपालीले सृजना सामुदायिक वनका अध्यक्ष तुलबहादुर लामीछाने सहितको टोलीलाई पत्रचार गरी वयान लिने र अनुसन्धान गर्ने कार्य भईरहेको जानकारी दिनुभयो।

यसअघि बराहतालमै रहेको जनकल्याण सामुदायिक वनमा पनि अवैद्ध रुपमा जंगल फडानी भएको छ। जंगल फडानी गर्ने कार्यमा लागेका कोही पनि अहिलेसम्म अनुसन्धानको दायारमा आएका छैन।

पछिल्लो समय सुर्खेतको पश्चिमक्षेत्रमा,सामुदायिक वन, बैज्ञानिक वन, राष्ट्रिय वनमा व्यापक रुपमा जंगल फडानी भएपनि निमय निकाय दोषिलाई कारवाही गर्ने भन्दा पनि उनिहरुलाई उन्मुक्ती दिने तर्फ लागेको स्थानियको भनाई छ।

यस विषयमा डिभिजन वन कार्यालय सुर्खेतका प्रमुखसंग कुरागर्न खोज्दा सम्पर्क हुन सकेन।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...