News Portal

  • कुवेतमा अस्ताए अर्घाखाँचीका छबिलाल

    हिमाली संचार संवाददाता
    ३६८ पटक

    २०७७ असार १८, बिहिबार
    खुम रायमाझी/कुवेत – कुवेतमा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर – ८ नुवाकोट छेड़ाका छबिलाल पाण्डेको कोरोना (कोभिड -१९)बाट मृत्यु भएको छ।

    भुमिकास्थान नगरपालिका नुवाकोट छेड़ा निवासी चुरामणि पाण्डे क्षेत्रिका ३४ बर्षीय छोरा छबिलाल पाण्डेको कुवेतको अलजाविर अस्पतालमा उपचारको क्रममा गत जुन ९ तारिखको मृत्यु भएको हो।

    पाण्डेको ९ जुनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएतापनि सुचना बाहिर आउँन ढिलाई भएको कारण जुन ३० तारिख मंगलबार मात्र उनको कोरोनाबाट मृत्यु भएको कुवेतस्थित नेपाली राजदुतावासले जानकारी पाएको थियो।

    दुतावास कुवेतले मृत्युको खबर पाउन साथ् अलजाविर अस्पतालमा पुगी उनको कोरोनाबाटनै मृत्यु भएको हो भन्ने प्रामाणपत्र लिएको थियो।

    मृतक पाण्डे केहि बर्ष यता देखि कुवेतमा ट्याक्सी चालकको रुपमा कार्यरत थिए। उनको घरमा श्रीमती, एक छोरा र एक छोरी छन।

    नेपाली राजुतावास कुवेतले जानकारी दिएअनुसार मृतक पाण्डेको शवलाई कुवेत सरकारको कानुनी प्रक्रिया अनुसार मृतकका घरपरिवारको स-कार्यमा जुलाई १ तारिख बुधबारको दिन अन्तिम दाहसंस्कार गरिएको छ,भने अन्य कानुनी प्रक्रियाको लागि नेपाली राजदुतावास कुवेतले पहल गरिरहेको बताएको छ।

    पाण्डेको मृत्युको समाचार उनका घरपरिवार र भुनपा ८ का वडा अध्यक्षको स्वीकृतमा सम्प्रेषण गरिएको हो।

    प्रतिकृया दिनुहोस्

    मकाउमा गायक केशव राईको “नागवेली केस तिम्रो” सार्वजनिक (भिडियो सहित)

    मकाउ । पुर्वेली गायक तथा सर्जक केशव राई विगत धेरै लामो समयदेखि मकाउलाई कर्मभूमि बनाउदै...

    गायिका मेलिना राई र गायक दिलीप कोयीको “तिम्रै हु माया…!” सार्वजनिक (भिडियो सहित)

    काठमाण्डौ । चर्चित गायिका मेलिना राई र गायक तथा संगीतकार दिलीप कोयी राईको म्युजिक भिडियो...

    भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना

    २०७७ साउन २३, शुक्रबार दिल्ली – भारतको केरलामा एयर इण्डियाको विमान दुर्घटना भएको छ। एयर इन्डिया...

    मकवानपुरमा कोरोना संक्रमित बढेसँगै आवागमनमा रोक

    मकवानपुर – कोरोना संक्रमितको संख्या बढेसँगै स्थानीय प्रशासनले मकवानपुरमा आउजाउमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय...

    समाजसेवी सुदर्शन थापा मगरको जन्मोत्सवमा मकाउका सांसददेखि चर्चित वकिल सम्म

    मकाउ । मकाउमा विगत धेरै लामो समयदेखि व्यावसाय गरिरहेका समाजसेवी सुदर्शन थापा मगरले मकाउमा उनले...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।