News Portal

“माया पीरती” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
६८३ पटक
२०७७ आषाढ १७, बुधवार

काठमाण्डौ । पुर्वको खोटाङ भन्ने वित्तिकै सांगीतीक राजधानी भनेर परिचित जिल्ला हो । सदरमुकाम दिक्तेलदेखि उत्तरीभेग तर्फ पर्ने सुङदेलका काशी राज राई सानै देखि गीत संगीतमा अभिरुचि राख्ने गीतकार हुन् ।

गीतकार राईले रचना गरेका गीत पछिल्लो समयका चर्चित गायिका मिना राई, गायक खगेन्द्र राईको आवाजमा रहेको “माया पीरती” गीतको भिडियो म्युजिक चौतारी युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।

गीतकार राई हाल दुबईमा रहेर पनी नेपालमा रहेका चर्चित गायकहरु संग राम्रो अन्तर सम्बन्ध राखेका छन्। हिमालीसंचारसंगको कुराकानीमा गीतकार राईले फुर्सदिलो समयमा कहिले काही समयको सदुपयोग गरेको हु, समय मिल्दा पुराना यादहरु सम्झनामा मडारिदा कोर्ने गर्छु, त्यही अतितका यादहरु कोरकार गर्दा गर्दै गीत बन्दो रहेछ।

जीवन र जगत राम्रो संग बुझेका गीतकार राई पछिल्लो समयमा संगीत तर्फ झुकाव राखेको देखिन्छ । गीतकार राईको “मलाई मन पर्यो सानु” गीत पनी चाडै आउन लागेको संगीतकार अनिल कोयी राईले जानकारी दिएका छन् ।

संगीतकार राईका अनुसार “मलाई मन पर्यो” गीतको म्युजिक भिडियो छायांकन भई सकेको छ, प्राविधिक पक्षको लागि तयारी हुदै गरेको जानकारी दिए । 

चर्चित गायिका मिना राई र गायक खगेन्द्र राईले आवाज दिएको “माया पिरती” मा अनिल कोयी राईले एरेन्ज साथै संगीत भरेका छन् ।

यस भिडियोको प्रविधिक पक्ष मनोज राईले हेरेका छन् भने मिक्सिङ राजु कार्कीले गरेका छन् । प्राविधिक पक्षको राम्रो संयोजन गरेका यो भिडियोमा नया पुराना कलाकार रहेका छन् ।

भिडियो हेर्न यहा क्लिक गर्नुहोस्।

 

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...