News Portal

कर्णालीमा एक हजार ७२ जनाले कोरोनालाई जितेर घर फर्किए  

हिमाली संचार संवाददाता
५४५ पटक

२०७७ असार १६, मंगलबार
सुर्खेत – कर्णाली प्रदेशमा कोरोना भाइरसलाइ जितेर घर फर्कनेको संख्या १ हजार ७२ पुगेको छ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले आज थप ७१ जनाले कर्णाली कोरोना भाईरसलाई जितेर घर फर्केपछि डिस्चार्ज हुनेको संख्या १ एक हजार ७२ पुगेको जनाएको छ।

महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले पछिल्लो पटक ८ जना महिला सहित ७१ जना डिस्चार्ज भएका बताउनु भयो।

यस्तै आज थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्ला र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणबाट १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रमुख तिवारीले जुम्लामा भएको परीक्षणबाट रुकुम पश्चिमका ८ जना, दैलेखका ३ जना र बाँकेका एकजनामा संक्रमण पुष्टि भएको बताउनु भयो।

यस्तै नेपालगञ्जमा भएको परीक्षणबाट डोप्पा र कालीकोटका दुई/दुईजनामा संक्रमण पुष्टि भएको उहाँको भनाई छ।

योसँगै कर्णालीमा संक्रमितको संख्या १४ सय ४३ पुगेको छ भने निको भएका र ज्यान गुमाएका ६ जना घटाउँदा ३ सय ६५ जना संक्रमित विभिन्न आइसोलेशनमा रहेका छन।

उहाँले वितेको २४ घन्टामा RTPCR बिधिबाट ३ सय भन्दा धेरै परिक्षण गरिएको भन्दै हालसम्म कर्णालीमा २९ हजार १ सय ७ जनाको परिक्षण गरिएको उल्लेख गर्नुभयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...