News Portal

कर्णालीमा एक हजार ७२ जनाले कोरोनालाई जितेर घर फर्किए  

हिमाली संचार संवाददाता
६७६ पटक

२०७७ असार १६, मंगलबार
सुर्खेत – कर्णाली प्रदेशमा कोरोना भाइरसलाइ जितेर घर फर्कनेको संख्या १ हजार ७२ पुगेको छ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले आज थप ७१ जनाले कर्णाली कोरोना भाईरसलाई जितेर घर फर्केपछि डिस्चार्ज हुनेको संख्या १ एक हजार ७२ पुगेको जनाएको छ।

महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले पछिल्लो पटक ८ जना महिला सहित ७१ जना डिस्चार्ज भएका बताउनु भयो।

यस्तै आज थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्ला र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणबाट १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रमुख तिवारीले जुम्लामा भएको परीक्षणबाट रुकुम पश्चिमका ८ जना, दैलेखका ३ जना र बाँकेका एकजनामा संक्रमण पुष्टि भएको बताउनु भयो।

यस्तै नेपालगञ्जमा भएको परीक्षणबाट डोप्पा र कालीकोटका दुई/दुईजनामा संक्रमण पुष्टि भएको उहाँको भनाई छ।

योसँगै कर्णालीमा संक्रमितको संख्या १४ सय ४३ पुगेको छ भने निको भएका र ज्यान गुमाएका ६ जना घटाउँदा ३ सय ६५ जना संक्रमित विभिन्न आइसोलेशनमा रहेका छन।

उहाँले वितेको २४ घन्टामा RTPCR बिधिबाट ३ सय भन्दा धेरै परिक्षण गरिएको भन्दै हालसम्म कर्णालीमा २९ हजार १ सय ७ जनाको परिक्षण गरिएको उल्लेख गर्नुभयो।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...