News Portal

  • चीनमा अर्को नया भाइरस, महामारीको रुप लिन सक्ने चेतावनी

    हिमाली संचार संवाददाता
    २७३ पटक
    २०७७ आषाढ १६, मंगलवार

    काठमाण्डौ । चिनियाँ वैज्ञानिकको एक टोलीले सन् २०११ देखि २०१८ मा चीनका विभिन्न भागमा बंगुरमा पाइएको इन्फ्लुइन्जा भाइरसको अध्ययन गरेका थिए । उक्त अध्यननमा एच१एन१ प्रकारको ‘जी४’ स्ट्रेन भेटिएको बताएका छन्। जुन नयाँ भाइरस हो। उनीहरूले गरेको एक अध्ययनका अनुसार नयाँ भाइरस चिनियाँ बंगुरमा देखिएको हो।

    अमेरिकाको नेशनल एकेडेमी अफ साइन्स (पीएनएएस)को जर्नलमा छापिएको लेखमा उक्त नयाँ भाइरसले महामारीको रूप लिन सक्ने चेतावनी दिइएको छ। ‘मानव जाति र विषेशगरी बंगुर फर्मका कामदारहरूमाथिको निरीक्षण तुरून्तै कार्यन्वयन गर्नपर्छ,’ उक्त लेखमा भनिएको छ। वैज्ञानिकहरूले विषेशगरी मानवजाति, घना बस्ती रहेका चिनियाँ शहर, वधशाला र माछाबजारमा जोखिम बढी रहेको बताएका छन्।

    सन् २००९मा फैलिएको एभियन ए१एन१भाइरसलाई नियन्त्रणमा लिन चीनले जोखिम रहेका राष्ट्रहरूमा उडानहरू बन्द गरेको थियो भने १०औं हजार मान्छेहरूलाई क्वारेन्टिनमा राखिएको थियो। यो नयाँ भाइरस भने सन् २००९ मा महामारीको रूप लिएको एच१एन१ र बंगुरमा फेला परेको स्ट्रेनको संयोजन हो। वासिङटन युनिभर्सिटीका बायोलोजिस्ट कार्ल बर्गस्टोर्मले भने यो भाइरस मानव जातिमा फैलिए पनि महामारीको रूप नलिने बताएका छन्।

    अहिले महामारीको रूपमा विश्वभरी फैलिरहेको कोरानाभाइरस पनि चीनको वुहानमा पहिलो पटक भेटिएको थियो। चीनबाट सुरूभएर विश्वभर फैलिएको कोरानाभाइरस संक्रमितको संख्या १ करोड ४५ लाख नाघिसकेको छ भने ५ लाख ९ हजारले ज्यान गुमाएका छन् । रासस 

    प्रतिकृया दिनुहोस्

    वैदेशिक रोजगारमा गएका तीन महिलासहित २५ जना अचेत अवस्थामा, फर्काउन पहल

    काठमाडौँ – वैदेशिक रोजगार बोर्डका अनुसार रोजीरोटीकै लागि परदेश पुगेका तीन महिलासहित २५ जना कोमा...

    आज वि.सं.२०७७ साल माघ १३ गते मंगलवार, सन् २०२१ जनवरी २६ तारिखको राशिफल

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो,...

    निर्वाचन आयोगले खोस्यो माधव नेपालको अध्यक्ष पद

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगले अस्विकार गरेको छ।...

    प्रचण्डले शिलान्यास गरेको राप्ती नदीकाे पुल प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

    दाङ – प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको...

    केपी ओलीको पक्षमा लाग्नु कम्युनिस्ट पार्टीको लागी नर्क जाने कुरा हो : नेता भट्टराई

    इटहरी – नेकपाका युवा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीको पक्षमा लाग्नु नर्क जानू सरह...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।