News Portal

कुवेतको खैतान र हावाली क्षेत्रमा लकडाउन खुल्यो, कर्फ्युको समय हेरफेर

हिमाली संचार संवाददाता
९७७ पटक
२०२० जुन १८, बिहिबार

युग लामा/कुवेत – आज बसेको कुवेतको क्याबिनेटको बैठकले लकडाउन खुकुलो बनाउदै लैजाने निर्णय गरेको छ।

आउँदो आईतवार जुन २१ तारीखबाट यो निर्णयहरु लागु हुने गरि अहिले १२ घण्टा जारी गरिएको कर्फ्यु आदेश घटाउदै बेलुका ७ बजे देखि बिहान ५ बजे १० घण्टा कायम गरिएको छ।

कुवेतको जिलिब, फर्वानिया र महाबुला क्षेत्रमा लगाएको आइसोलेसन अर्को सूचना जारी नभएसम्म यथावत रहेको जनाएको छ। खैतान र हावाली क्षेत्रमा भने हटाएको छ।

विश्वब्यापीरुपमा संक्रमितहरुको संख्या बढेसंगै कुवेतमा सबै आउने जाने उडानहरु र सार्बजनिक यातायातहरु अस्थायीरुपमा बन्द गरेको छ।

साथै सङ्क्रमण नियन्त्रणको लागि कुवेत सरकारले सबै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सिनेमा हल, सपिङमल, सिसाईड, गार्डेन, लगाएत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बन्द गरेसंगै ब्यस्त सहरहरु सुन्सान अवस्थामा रहेको छ भने मार्च १ तारिख देखि नै बन्द गरिएको स्कुल कलेजहरु थप ४ महिना अर्थात् अगष्ट २०२० सम्मका लागि बन्द गरेको छ।

कुवेतमा अहिले कोरोना सुधारोंमुख छ। कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ३८ हजार ७४ जना मध्ये ८ हजार २ सय ५४ संक्रमितहरुको उपचार भइरहेको छ भने १ सय ८८ जनाको अवस्था गम्भीर साथै ६ सय १६  थप गरि २९ हजार १२ जना अस्पतालबाट निको भएर डिस्चार्ज र ३ सय ६ जनाले ज्यान गुमाई सकेका छन।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...