News Portal

जनसम्पर्क समिति मकाउको सातौ बार्षिक उत्सव सम्पन्न

हिमाली संचार संवाददाता
९४३ पटक
२०७७ आसाढ १, सोमवार

मकाउ । जनसम्पर्क समिति मकाउले आफ्नो सातौ बार्षिक उत्सव मकाउमा स्थापना गठन गरेकै दिन एक कार्यक्रमको आयोजना गरेर हिजो आइतबार मेट्रोपोल होटेल मकाउमा आफ्नो बार्षिक उत्सव सम्पन्न गरेको छ।

आयोजित कार्यक्रमका कार्यवाहक सभापति चण्डी योङया र नेपाली सहयोगी हातहरु, मकाउका निर्देशक उदय वाग्लेले संयुक्त  पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गरेका थिए।

नेपाली जनसम्पर्क समिति मकाउका संरक्षक सुदर्शन थापा मगरको विशेष अतिथि, नेपाली सहयोगी हातहरु, मकाउका निर्देशक उदय वाग्लेको प्रमुख अतिथि रहेको थियो।

मकाउमा रहेका विभिन्न संघ संस्थाहरु गैरआवासीय नेपाली संघका अध्यक्ष पुर्ण बहादुर गुरुङ, प्रावसी नेपाली एकता मञ्चका अध्यक्ष शिव थापा, अन्तराष्ट्रिय नेपाली समाजका संयोजक प्रजुन कुमार अधिकारी, मगर संधका उपाध्यक्ष हिरा थापा मगर, तमु समाजका सचिव राजेश गुरुङ, तामाङ घेदुङ संघका उपाध्यक्ष कल बहादुर तामाङ लगायदका आतिथ्यमा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको थियो। 

सन् २०१३ जुन १४ तारिख नेपाली कांग्रेस पूर्व महामन्त्री, तात्कालिन नेपाल सरकारको पूर्व उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्य, नेपाली काँग्रेसका महिला नेतृ श्रृजना सिंह विशेष आतिथ्यमा सभापति अम्बिर जोशीको नेतृत्वमा पहिलोपटक मकाउमा नेपाली जनसम्पर्क समिति मकाउको स्थापना भएको थियो।

नेपाली जनसम्पर्क समिति मकाउले छैठौं वर्ष पुरा गरी सातौं वर्षमा आफ्नो स्थापना दिवसको अवसरमा राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति आस्था राख्ने मकाउमा कार्यरत नेपाली कांग्रेसका क्रियाशील सदस्यताहरुको विशेष सहभागितामा सातौ बार्षिक उत्सव सम्पन्न गरेको हो।

आयोजित कार्यक्रममा ज्ञात अज्ञात शहीदहरु प्रति मौनधारण श्रदाञ्जली अर्पण गरी सम्मान गरेका थिए। आयोजित कार्यक्रमको संचालन भने नेपाली जनसम्पर्क समितिका उपाध्याक्ष निर्मला थापा मगरले संचालन गरेकी थिइन।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...