News Portal

असारको तेश्रो सातासम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान रोक

६७९ पटक
२०७७ जेठ ३२, आइतबार

सुरज कुँवर/काठमाडौँ – सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई असार २१ गते राति ११:५९ सम्मलाई रोक लगाएको छ। उडान रोक्न सरकारले चैत ९ गतेयता गरेको यो सातौं निर्णय हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार, जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। यसअघि सरकारले आज (जेठ ३२ गते) सम्मलाई आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा रोक लगाएको थियो।

नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात महाशाखाका प्रमुख सचितभक्त पोखरेलले आइतबार सबै आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि जरुरी सूचना जारी गर्दै ‘सरकारको निर्णयअनुसार, व्यावसायिक यात्रु उडानलाई मात्र असार २१ गते राति ११:५९ बजेसम्मका लागि रोक लगाइएको’ जनाएका छन्।

यसअघि पहिलोपटक ०७६ चैत ९ गतेदेखि सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडानलाई र आन्तरिक वायुसेवालाई चैत ११ देखि १८ गतेसम्म व्यावसायिक यात्रु उडानमा रोक लगाइएको थिय।

चैत १९ देखि वैशाख ३ सम्म, वैशाख ४ देखि १८ सम्म, वैशाख १९ देखि जेठ २ सम्म, जेठ ३ देखि जेठ १८ र जेठ १९ देखि वैशाख ३२ सम्म व्यावसायिक उडानमा रोक लगाइएको थियो।

यी निर्णय मन्त्रिपरिषद् तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले गरेको हो। व्यावसायिक उडानमा रोक लगाइए पनि सरकारले विशेष अनुमतिबाट उद्धार उडान गर्न/गराउन चार्टर उडान अनुमति भने दिँदै आएको छ।

हालसम्म काठमाडौंबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी कम्तीमा डेढ सय उडान भइसकेका छन्। यसैबीच विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारले अनुमति दिएपछि आइतबार नेपाल वायुसेवा निगमले बंगलादेशका लागि पहिलो चार्टर उडान गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार, निगमको वाइडबडी विमान २ सय ५८ नेपालीलाई बोकेर साँझ ६:२० मा काठमाडौंमा अवतरण भएको थियो।

लकडाउन सुरु भएयताको यो १ सय २४ औं अन्तर्राष्ट्रिय चार्टर उडान हो। यी यात्रुलाई नेपाली सेनाले काठमाडौंमा बनाइएका ७ वटा प्रदेशका क्वारेन्टाइनमा पुर्‍याएको थियो।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...