News Portal

रामु शर्माको वास्तविक तीज गीत सार्बजनिक’ सफल हुनेमा सम्बन्धित कलाकार ढुक्क (भिडियो सहित)

हिमालीसञ्चार संवाददाता
७३१ पटक

राजु बोहरा/काठमाडौँ – नेपालि लोक तथा दोहोरी गीत संगीतको सेरोफेरो भित्रको अर्को सांगीतिक स्वादको पाटो पछिल्लो समयमा नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७५ लाइ लक्षित गर्दै धेरै गीत संगीतहरु बजारमा आइरहेका छन् । यसरी बजारमा आएको धेरै गीतहरु मात्र ब्यवासाहिक रुपमा सफल बनाउनका लागि तयार गरिएका हुन्छन् । जसको कारणले मौलिक तीज गीतको स्वाद अशंख्य श्रोता तथा दर्शकहरुले लिन नपाएका हुन् कि भन्ने चौतर्फी रुपमा गुनासोहरु बेला बखत आउने गर्दछन । यसै गुनासोलाई मध्यनजर राख्दै पछिल्लो पटक लोकप्रिय संगीत प्रालिले “तिजैमा माइत” बोलको गीत सार्बजनिक गरेको छ ।

बर्ष दिनको महान चाड तीजमा सम्पूर्ण चेलीहरुलाई वास्तविक तीज गीत मार्फत आनन्दको अनुभूति गराउनका लागि प्रस्तुत गरिएको यस गीतलाई रामु शर्माको नाममा बजारमा पठाईएको हो । तीज गीतको नाममा ब्यवासाहिक रुपमा मात्र सफल बनाउन धेरै गीतहरु बजारमा आइरहेको अहिलेको अवस्थामा यस गीत संग समन्धित कलाकारहरु सफल हुनेमा ढुक्क रहेको छ । यस गीतमा राधिका हमाल र रामु शर्मा सुमधुर स्वर रहेको छ । गीतलाई लय तथा शब्द सिर्जना गोपाल सापकोटाले गरेका छन् । मौलिक घेरालाई केन्द्रित गर्दै तयार पारिएको यस गीतको म्युजिक भिडियोमा अन्जली अधिकारी र महेन्द्र गौतमको अभिनय रहेको छ । भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन तथा सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामाना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...