News Portal

भारतमा एक मन्त्रीलाई कोरोना सङ्क्रमण

हिमाली संचार संवाददाता
५८९ पटक
२०७७ जेठ ३० शुक्रबार

एजेन्सी – कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या बढिरहेको भारतमा एक प्रदेश मन्त्रीलाई पनि कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

भारतको मुम्बई प्रदेशका १ जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको श्रोतले शुक्रबार जानकारी दिएको छ । सङ्क्रमित भएका मन्त्री एनसीपीका नेता भएको पनि श्रोतले उल्लेख गरेको छ ।

भारतको मराथवाडा क्षेत्रका जनप्रतिनिधिसमेत रहेका एनसीपीका नेता महाराष्ट्र प्रदेशमा सङ्क्रमित हुने तेस्रो मन्त्री हुन् ।  यसअघि सङ्क्रमित भएका मन्त्रीहरुमा काँग्रेसबाट मन्त्री भएका अशोक चावन र एनसिपिबाट मन्त्री भएका जितेन्द्र अवहाद रहेका थिए । उनीहरुलाई अहिले निको भइसकेको छ ।

बिहीबार राति अबेर उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो । उनलाई अहिले मुम्बईस्थीत क्वारेन्टाइनमै राखिएको श्रोतले बताएको छ ।

मन्त्रीसँगै उनको निजी सचिवालयमा संलग्न केही व्यक्तिहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । उनीहरुलाई आइसोलेसनमा राखिएको पनि श्रोतको भनाई छ ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...