News Portal

न्यूजील्याण्ड कोरोना भाइरस मुक्त देश धोषणा

हिमाली संचार संवाददाता
५१८ पटक
२०७७ जेठ २६, सोमबार

वेलिङ्टन – न्यूजील्याण्डले सोमबार कोरोनाभाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्धहरु हटाएको घोषणा गरेको छ । कोविड-१९ बाट संक्रमित अन्तिम व्यक्ति संक्रमणमुक्त भएसँगै न्यूजील्याण्डले यस्तो घोषणा गरेको हो ।

प्रधानमन्त्री जेसिन्डा आर्डन उक्त खबर सार्वजनिक भएसँगै घरभित्र खुशीले नाचेकी थिइन । प्रधानमन्त्री आर्डनले अन्तर्राष्ट्रिय सीमामा जारी प्रतिबन्धहरु भने यथावत रहने बताएकी छुन् । सामाजिकदूरी र सार्वजनिक स्थलमा हुने भेला, समारोहमा रहेका सीमितताहरु हटाइएको पनि घोषणा गरेकी हुन्।

टेलिभिजनबाट प्रशारित एक सम्बोधनमा प्रधानमन्त्री आर्डनले भन्नुभयो, “अहिलेका लागि न्यूजील्याण्डमा कोरोनाभाइरसको प्रसार पूर्णरुपमा रोकिएकामा हामी विश्वस्त छौं । कोरोना भाइरसलाई नियन्त्रणमा ल्याउन जनताले देखाएको अभूतपूर्व एकताको म प्रशंसा गर्दछु ।”

करिब ५० लाख जनसंख्या रहेको दक्षिणी प्रशान्त महासागरीय राष्ट्र न्यूजील्याण्डमा कोविड-१९ बाट १ हजार १ सय ५४ जना संक्रमित हुनुका साथै २२ जनाको ज्यान गएको थियो । पछिल्लो १७ दिनदेखि न्यूजील्याण्डमा कुनै पनि नयाँ संक्रमण देखिएको छैन । पछिल्लो एक सातामा १ जनामा मात्र कोरोना संक्रमण देखिएको थियो ।

संक्रमित पछिल्लो व्यक्तिका बारेमा विस्तृत रुपमा जानकारी दिइएको छैन, तर स्रोतहरुले ती व्यक्ति अकल्याण्ड निवासी ५० वर्षीया महिला रहेको बताएका छन् ।

न्यूजील्याण्डले कोरोनाभाइरसको प्रसार रोक्न देशव्यापी रुपमा सात हप्तासम्म निकै कडा लकडाउन गरेको थियो । न्यूजील्याण्डमा अब सबैजसो खेलमा जति पनि दर्शक सहभागी हुन पाउने छन् । न्यूजील्याण्ड रग्बी संघले यसै साता सुपर रग्बी प्रतियोगिता संचालन गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...