News Portal

करेला अधिकांशलाई मीठो लाग्छ, मीठो मात्र हो र ?

हिमाली संचार संवाददाता
१२३१ पटक

अहिलेको मौसमी तरकारी करेला। तीतो–टर्रो करेला अधिकांशलाई मीठो लाग्छ। मीठो मात्र हो र ? करेला आफैमा पोषक तत्वले भरिपूर्ण तरकारी पनि हो। यसमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस, भिटामिन आदि तत्व पाइन्छ। मधुमेह, उच्च रक्तचाप जस्तो दीर्घ रोगमा पनि उत्तिकै लाभदायक हुन्छ करेला।

त्यसो त करेलालाई थरीथरीको स्वादमा बनाएर खान सकिन्छ। भुटेर, झोल हालेर, अचार बनाएर। स्वाद अनुसार जसरी सेवन गरेपनि हुन्छ। यद्यपि करेला मीठो बनाउने चक्करमा धेरैले यसको पोषक तत्व नष्ट गर्छन्।

अधिकांशले करेलालाई तेलमा तारेर खान्छन्। डिप फ्राइ गरेर करेला खाने गरिन्छ। तर, यसरी तयार गर्दा करेलामा रहेको पोषक तत्व नष्ट हुन्छ। करेलालाई उसिनेर सेवन गर्नु एकदमै लाभदायक हुन्छ। तपाईंलाई लाग्न सक्छ, उसिनेर पनि यसको स्वाद हुन्छ ।

उसिनेको करेलालाई साँधेर खान सकिन्छ। यसको अचार निकै स्वादिलो हुन्छ। त्यसो त करेलाको जुस पनि उत्तिकै उपयोगी हुन्छ। यसरी स्वस्थ्यकर ढंगले सेवन गर्दा करेलाबाट कस्तो स्वास्थ्य लाभ मिल्छ त ?

१) कलेजोको रोगीलाई करेला सेवन लाभदायक हुन्छ।

२) करेलाले रगत सफा गर्छ। साथै हेमोग्लोबिन बढाउँछ।

३) करेलले पाचनशक्ति दुरुस्त राख्छ, भोक जगाउँछ।

४) दमको बिरामीले करेलाको सेवन गर्नु राम्रो हो।

५) करेलाको रस कागतिमा मिसाएर पानीसँग पिउदा तौल नियन्त्रण हुन्छ।

६) करेला चिसो हुन्छ। त्यसैले गर्मीबाट पैदा हुने रोगीका लागि यसले राम्रो काम गर्छ।

७) कफको रोगीले करेला सेवन गर्नुपर्छ।

८) मधुमेहका लागि पनि करेला रामबाण हुनसक्छ। यसले सुगर लेभल नियन्त्रण गर्छ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...