News Portal

करेला अधिकांशलाई मीठो लाग्छ, मीठो मात्र हो र ?

हिमाली संचार संवाददाता
१३४६ पटक

अहिलेको मौसमी तरकारी करेला। तीतो–टर्रो करेला अधिकांशलाई मीठो लाग्छ। मीठो मात्र हो र ? करेला आफैमा पोषक तत्वले भरिपूर्ण तरकारी पनि हो। यसमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस, भिटामिन आदि तत्व पाइन्छ। मधुमेह, उच्च रक्तचाप जस्तो दीर्घ रोगमा पनि उत्तिकै लाभदायक हुन्छ करेला।

त्यसो त करेलालाई थरीथरीको स्वादमा बनाएर खान सकिन्छ। भुटेर, झोल हालेर, अचार बनाएर। स्वाद अनुसार जसरी सेवन गरेपनि हुन्छ। यद्यपि करेला मीठो बनाउने चक्करमा धेरैले यसको पोषक तत्व नष्ट गर्छन्।

अधिकांशले करेलालाई तेलमा तारेर खान्छन्। डिप फ्राइ गरेर करेला खाने गरिन्छ। तर, यसरी तयार गर्दा करेलामा रहेको पोषक तत्व नष्ट हुन्छ। करेलालाई उसिनेर सेवन गर्नु एकदमै लाभदायक हुन्छ। तपाईंलाई लाग्न सक्छ, उसिनेर पनि यसको स्वाद हुन्छ ।

उसिनेको करेलालाई साँधेर खान सकिन्छ। यसको अचार निकै स्वादिलो हुन्छ। त्यसो त करेलाको जुस पनि उत्तिकै उपयोगी हुन्छ। यसरी स्वस्थ्यकर ढंगले सेवन गर्दा करेलाबाट कस्तो स्वास्थ्य लाभ मिल्छ त ?

१) कलेजोको रोगीलाई करेला सेवन लाभदायक हुन्छ।

२) करेलाले रगत सफा गर्छ। साथै हेमोग्लोबिन बढाउँछ।

३) करेलले पाचनशक्ति दुरुस्त राख्छ, भोक जगाउँछ।

४) दमको बिरामीले करेलाको सेवन गर्नु राम्रो हो।

५) करेलाको रस कागतिमा मिसाएर पानीसँग पिउदा तौल नियन्त्रण हुन्छ।

६) करेला चिसो हुन्छ। त्यसैले गर्मीबाट पैदा हुने रोगीका लागि यसले राम्रो काम गर्छ।

७) कफको रोगीले करेला सेवन गर्नुपर्छ।

८) मधुमेहका लागि पनि करेला रामबाण हुनसक्छ। यसले सुगर लेभल नियन्त्रण गर्छ।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...