News Portal

सामसुङले ल्यायो गुणस्तरीय फोटो खिच्ने प्रविधि ‘ISOCELL GN1’

हिमाली संचार संवाददाता
७७४ पटक
२०७७ जेष्ठ २१, बुधवार

काठमाडौँ – सामसुङले युवा वर्गलाई लक्षित गर्दै द्रुत अटो फोकस तथा गुणस्तरीय तस्बिर खिच्न सजिलो हुने गरी 1.2μm साइज र 50 MP सहितको नयाँ प्रविधि ‘ISOCELL GN1’ प्रविधि सार्वजनिक गरेको छ।

५० मेगापिक्सल इमेजको साइज र १ दशमलब २ म्यु सहितको यस प्रविधि मोबाइल फोटोग्राफीका लागि आकर्षक मानिएको छ। आइएसओसेल जी एन १ सामसुङको पहिलो इमेज सेन्सर हो, जसमा डुएल पिक्सेल र टेट्रासेल प्रविधि हुन्छ।

जसले अँध्यारोमा पनि सहज हुने गरी लाइट सेन्सिटिभिटी प्रदान गरेको हुन्छ। साथै डिएसएलआर स्तरको अटो फोकसको गति यसमा हुन्छ। जुन प्रविधि गतिशील दृश्य खिच्न उपयुक्त र सहज मानिन्छ।

कम्पनीका अधिकारीहरुका अनुसार आइएसओसेल जीएन १ प्रतिकुल वातावरणमा पनि आश्चर्यजनक तस्बिर कैद गर्न सकिने एक नयाँ प्रविधि हो। सामसुङ इलोक्ट्रेनिक्स अन्तर्गत सेन्सर बिजनेस उपाध्यक्ष योंगिन पार्कले समयानुकुल अत्याधुनिक प्रविधिबाट मोबाइल फोटोग्राफी गर्न सकिने प्रविधि भविष्यमा पनि ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।

पछिल्लो आधुनिक समयका युवा पुस्ताको रुची अनुसार जस्तोसुकै परिस्थितिमा आकर्षक र आश्चर्यजनक तस्बिर खिच्नमिल्ने प्रविधिको रुपमा सामसुङले हालै परिचित गराएको आइएसओसेल जी एन १ लाई लिइन्छ। जुन प्रविधिमा उच्चस्तरीय अटो फोकसको सुविधा हुन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...